५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी

‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी
अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको भन्दै घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताउनुभएको छ ।

शुक्रवार आयोगको कार्यालयमा मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नभन्दा आयोग धेरै अघि पुगिसकेको उहाँको भनाइ छ । उहाँले निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै निर्वाचनको वातावरण बिथोल्ने प्रयास कसैले गरेको पाइए आयोगलाई शतर्क गराउनसञ्चारमाध्यमहरुलाई अनुरोध गर्नुभयो । यस अवस्थामा राजनीतिक दलहरूको गतिविधि र भूमिकालाई समेत समेत ध्यानपूर्वक हेर्न उहाँको आग्रह छ । अन्तरिम सरकार गठनको समयमा राष्ट्रपतिले समेत संविधानअनुसार निर्वाचन गरिनुपर्ने र संविधानको संरक्षण तथा सुशासन कायम गर्न निर्वाचन नै एकमात्र विकल्प भएको कुरा राखेकोले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचनका कार्यक्रमहरु अगाडि बढ्दै गर्दा राजनीतिक दलहरु कहाँ छन् ? के गर्दैछन् ? निर्वाचनलाई दलहरुले कसरी हेरिहरेका छन् भन्ने कुरा भुल्नु हुदैन । यदि कुनै तह र तप्काबाट निर्वाचन बिथोल्न सक्रिय तत्वहरुले तपाईहरुले पहिचान गरिदिनुभयो हामीलाई धेरै सहयोग हुन्छ । मैले शुरुमै भनिसके निर्वाचनको विकल्प निर्वाचनबाहेक अरु केही हुन सक्दैन । त्यसकारण निर्वाचन बिथोल्ने तत्वहरु देखिए यहाँहरुले बेलैमा सचेत गराउनुपर्छ । सहज ढंगले समाचार समेत संप्रेषण गरिदिनुपर्छ । निर्वाचन हुन्छ कि हुदैन कि ? कस्तो हुन्छ भन्ने विषयको छलफल अब सकियो । अब हामी त्यो बाटोमा प्रवेश गर्दैनौँ । हामी निर्वाचनको बाटोमा धेरै अगाडि बढिसक्यौँ । अब फर्किनसक्ने अवस्था र स्थिति छैन । राष्ट्रपतिज्यूले सरकार गठनकै बखत संविधानमा थोरै छेड्खानी भएपनि अब संविधानबमोजिम निर्वाचन हुन्छ, संविधानको संरक्षण गर्नुपर्छ, मुलुकमा सुशासन कायम गर्नको लागि अरु विकल्प छैन निर्वाचन नै हो भनेर भन्नुभएको छ । मुलुकले थप आन्दोलन थेग्न सक्दैन । त्यसकारण तपाई हामी गौरव साथ बाँच्ने प्रयोजनको लागि पनि निर्वाचनमा सबैलाई सक्रिय रुपमा सहभागि गराएर सक्षम व्यक्तिहरुलाई संसदमा पठाउने तपाई हाम्रो दायित्व हो ।’

भण्डारीले मुलुकले थप आन्दोलन धान्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै निर्वाचनमा सबैलाई सक्रिय सहभागि गराई सक्षम व्यक्तिहरूलाई संसदमा पठाउनुपर्ने सबैको साझा दायित्व भएको बताउनु भयो ।