४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

पहिले रवि र बालेन त्यसपछि कुलमान !

पहिले रवि र बालेन त्यसपछि कुलमान !
अ+ अ-

काठमाडौँ । फागुन २१ मा हुने निर्वाचनमा सहकार्यको मोडालिटी तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच छलफल तीव्र बनेको छ। दुवै पक्षबीच सहमतिपत्रको पहिलो मस्यौदा तयार भई स्वीकृतसमेत भइसकेको छ।

मेयर शाहले बिहीबार बिहान ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री तथा ‘उज्यालो नेपाल’का संरक्षक कुलमान घिसिङसँग छलफल गरेका थिए। उक्त छलफलपछि मात्रै उनले रास्वपा सभापति लामिछानेसँग भेटवार्ता गरेका हुन्।

वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यसहित मेयर शाहले विभिन्न राजनीतिक तथा गैरराजनीतिक पक्षसँग संवाद गरिरहेका छन्। छलफलमा संलग्न एक नेताका अनुसार हालका लागि रास्वपा र मेयर शाहबीच मात्रै सहमतिमा पुग्ने तयारी भइरहेको छ।

ती नेताले भने, “अहिले रास्वपा र मेयर बालेनबीच सहमतिको तयारी भइरहेको छ। त्यसअनुसार सहमतिपत्रको मस्यौदा तयार पारिएको छ। दुवै पक्षबीच कुरा मिलिसकेपछि मात्रै उज्यालो नेपालसँग कसरी सहकार्य गर्ने भन्ने विषयमा रास्वपाले छलफल अगाडि बढाउनेछ।”

शुक्रबार बिहानदेखि नै रास्वपा र मेयर शाहका प्रतिनिधिबीच निरन्तर छलफल भइरहेको छ। छलफलमा रास्वपाको तर्फबाट शिशिर खनाल र असिम शाह तथा मेयर बालेनको तर्फबाट कुमार बेन र भूपदेव शाह सहभागी छन्।

छलफलमा संलग्न नेताहरूका अनुसार रवि लामिछाने र बालेन शाहबीच सहमति भएपछि मात्रै उज्यालो नेपालसँग औपचारिक संवाद सुरु गर्ने तयारी छ। उनीहरूले तयार पारेको सहमतिपत्रको पहिलो मस्यौदा दुवै नेताले स्वीकृत गरिसकेका छन्।

स्रोतका अनुसार सभापति लामिछाने र मेयर शाहले उक्त मस्यौदालाई आधार मानेर अर्को चरणको छलफल अगाडि बढाउन निर्देशन दिएका छन्।