२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली
अ अ+ अ-

म्याग्दीः एक जना बेपत्ता हुने गरि  धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ ।

गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको थियो । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र पर्नुभएको थियो ।

काठमाडौँबाट हेलिकप्टरमा सेनाको टोली गुर्जाको मानिस बेपत्ता र अलपत्र परेको ठाउँमा पुगेर फर्किएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताउनुभयो । उहाँका अनुसार अलपत्र परेका तीन जनालाई खाद्यान्न र बेपत्ताको खोजिका लागि गुर्जाका चार जनालाई सुकेलट्टे पु¥याएर सेनाको टोली हेलिकप्टरमा फर्किएको हो ।

करिब चार÷पाँच फिट तल पुरिएका रामबहादुरको हिउँ पग्लेपछि खोजी गर्ने त्यहाँ पुगेका स्थानीयले बताएका गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताउनुभयो । गोठ भएको ठाउँमा रातिको समयमा हिउँपहिरो आएर क्षति भएको उहाँले जानकारी दिनुभयो ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा पनि अवरुद्ध भएको छ । छिमेकी लुलाङबाट गुर्जा पुग्न पुरै एक दिन हिँड्नु पर्छ । पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्दार र बेपत्ताको खोजीमा सेनाको हेलिकप्टर बोलाइएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।