२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

ईश्वरपुरमा सवारी दुर्घटनाबारे छानबिन समिति गठन

ईश्वरपुरमा सवारी दुर्घटनाबारे छानबिन समिति गठन
अ अ+ अ-

सर्लाही।ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न आनाकानी गरेपछि छानबिन समिति गठन गरिएको हो ।

ईश्वरपुर नगरपालिका–७ मा पाँच दिनअघि मोटरसाइकल अचानक प्रहरीको भ्यानसँग ठोक्किँदा स्थानीयवासी रामकुमार महतोको ज्यान गएको थियो । सोमबारदेखि अस्पतालमा रहेको शव पीडित पक्षले नुबुझ्दा सर्लाहीको सो क्षेत्रमा निषेधाज्ञा पनि आज साँझसम्म थप गरिएको छ भने उक्त दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्न प्रदेश नं २ दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर धनुषाका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुधबार लालबन्दीमा भएको सहमतिअनुसार बिहीबार मृतकका परिवार शव बुझ्न मलङ्गवा पुगे पनि शव नबुझी फर्किएका छन् । गठित छानबिन समितिमा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवाल, प्रहरी कार्यालय जनकपुर धनुषाका प्रहरी निरीक्षक गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक प्रेमकुमार साह र सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोदकुमार साह सदस्य रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिनुभयो ।

छानबिन समितिलाई सो दुर्घटनाको सम्बन्धमा सत्यतथ्य बुझेर अविलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । रासस