१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनसँगको भेटपछि राप्रपा नेता शाही भन्छन्–‘युवासँगै नयाँ शक्ति मिलेर जानु एक र अन्तिम विकल्प’



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौंमा महानगरपालिकाका प्रमुख बालेन्द्र साहले वैकल्पिक शक्तिहरु मिलेर जानुको विकल्प नरहेको भन्दै युवा शक्ति मिलेर जाने प्रश्ताव गरेको बतनाउनुभएको छ ।

बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै शाहीले महानगर प्रमुख शाहसँग चरण चरणमा छलफल भएको पुष्टि गर्दै नयाँ शक्ति र युवाहरु एकीकृत भएर जाने विषयमा छलफल भएको बताउनु भयो । उहाँले मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरु मिलेर जानु नै अन्तिम विकल्प भएको बताउनु भयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा पकड बनाउने गरी वैकल्पिक शक्तिहरु मिल्नुपर्नेमा आफ्नो जोड रहेको पनि बताउनु भयो ।

उहाँले निर्वाचनको लागि मात्रै नभई मुलुकको दीर्घकालिन हितका विषयहरुलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्ने आफ्नो धारणा रहेको समेत बताउनुभयो । शाहीका अनुसार भेटघाटमा देश निर्माणका लागि विभिन्न युवाशक्ति र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्ने सम्भावनाबारे छलफल छ । उहाँले तत्काल कुनै निश्चित निर्णय भइनसकेको भन्दै राजनीतिक सहकार्यको टुंगो लागिसकेपछि थप विषय सार्वजनिक हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँ (बालेन्द्र शाह)सँग हिजो र आज पनि छलफल भयो । जतिपजि युवाशक्ति र वैकल्पिक शक्तिहरु छौँ । सबै एकजुट बनेर राष्ट्र निर्माण गर्न मिलेर अगाडि बढौँ भन्ने कल्पनाका साथ हामी भेठघाट गरिरहेका छौँ । अब यही नै गर्ने भन्ने निश्चित भइसकेको छैन । अब पार्टीहरु मिलाएर जाने हो कि ? के गर्ने भन्ने छलफलमा छौँ । छलफल केही आन्तरिक र केही बाहिरी कुरा समेत भएकोले यी कुराहरु वार्ता सकिएपछि थाहा भैहाल्छ । अहिले विषेश गरी युवाशक्तिहरु मिलेर जानुपर्छ भन्ने कुरामा नै छलफल केन्द्रित भयो । वैकल्पिक शक्तिहरु मिलेर जानुको विकल्प छैन । त्यो मात्र एक र अन्तिम विकल्प हो । फेरी यो के हो भने शक्ति बन्ने कुरा हो । शक्ति एकलबाट बन्दैन । यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भइदिएको भए एक जना व्यक्ति मात्र पपुलर भएर काम हुन्थ्यो । यहाँ त  १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो पकड जमाउन सक्नुपर्छ । निर्वाचन जितेर आइसकेपछि संसदमा बहुमत पुर्याउन सक्नुपर्यो । त्यसकारण हामी कसरी अगाडि बढ्ने ? चुनाव जित्नु मात्र मुख्य मुद्दा होइन । चुनाव जितेपछि हामीले गर्नुपर्ने के हो ? कसरी हामीले यो खर्चिलो व्यवस्थालाई धान्न सक्छौँ ? भन्ने विषयलाई मध्यनजर गर्दै अगाडि बढ्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’ 

शाहीले राम्रा मान्छेहरु नमिलेकै कारण मुलुकले सामाजिक आर्थिक समृद्धि हासिल गर्न नसकेको टिप्पणी पनि गर्नुभयो ।