१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवराज शाहीको ‘एक मान्ठ एक देउता’ले जित्यो बाह्रखरी कथा प्रतियोगिता



अ+ अ-

काठमाडौँ । यस वर्षको बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीले प्रथम स्थान प्राप्त गर्नुभएको छ ।

बाह्रखरी मिडियाले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा कथाकार शाहीको ‘एक मान्ठ एक देउता’ शिर्षकको कथा उत्कृष्ट घोषणा गरिएको हो । यससँगै उहाँले ट्रफीसहित दुई लाख रुपैया पुरस्कार प्राप्त गर्नुभयो । बिहीवार काठमाडौंमा आयोजित विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले शाहीलाई पुरस्कार प्रदान गर्नुभयो ।

यसैगरी रितेश गुरुङको ‘भूइँकुहिरोको बीचमा’ दोस्रो र इन्द्रप्रसाद गोतामे ‘जगतजङ्ग’को ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथाले तेस्रो स्थान प्राप्त गरे । उहाँहरुलाई क्रमशः दुई लाख र तीन लाख रुपैयाँ प्राप्त गर्नुभयो । बाह्रखरीले प्रतियोगिताका विजेतासहित २५ जना कथाकारका उत्कृष्ट कथा समावेश गरेर पुस्तक समेत प्रकाशनमा ल्याएको छ । उक्त पुस्तकको समेत विमोचन समेत गरिएको छ ।