६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा



अ+ अ-

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताउनुभएको छ ।

७० औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल, सुदृढ, दिगो र सर्वमान्य बनाउनेतर्फ सरकार गम्भीर भएर लाग्नुपर्दछ ।”

अध्यक्ष थापाले प्रजातन्त्रको संवद्र्धन र जनतालाई विकासको पूर्वाधारप्रति सहभागी गराउन प्रमुख दलहरुले आफूलाई अब आत्मसमीक्षा गरेर अघि बढ्नु अपरिहार्यतामाथि जोड दिदैं सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणका लागि सरकारले देशभरि नै अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी र सहायक महामन्त्री राजाराम बर्तौलाले मुलुकको विकास र समृद्धिका लागि सरकारले अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

राप्रपाका नेता सीताराम बर्तौला, रामहरी न्यौपाने र राप्रपा हेटौँडा नगरसमितिका अध्यक्ष गुरुप्रसाद सापकोटाले राप्रपालाई राष्ट्रको वैकल्पिक प्रजातान्त्रिक पार्टीका रुपमा अघि बढ्न नेता र कार्यकर्ताहरु जनताको घरदैलोमा पुगेर पार्टी सङ्गठनलाई दरिलो बनाउन लाग्नुपर्ने बताउनुभयो ।