१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

समृद्धिका पक्षमा कलम चलाउन जरुरी छ : मुख्यमन्त्री भट्ट

समृद्धिका पक्षमा कलम चलाउन जरुरी छ : मुख्यमन्त्री भट्ट
अ अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समृद्धिका पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय समाचार समिति(रासस)को ५९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समृद्धि प्राप्तिमा सञ्चारको भूमिका’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री भट्टले शहरमा मात्र केन्द्रित नभएर ग्रामीण क्षेत्रका गुमनाम रहेका विविध मुद्दासमेत उठाउन आग्रह गर्नुभयो ।

नयाँ राज्य व्यवस्थामा नयाँ तरिकाले सोच, व्यवहार, कार्यशैली देखाउनु जरुरी रहेकामा जोड दिनुहुँदै उहाँले भन्नुभयो, “सामूहिक जिम्मेवारीमा रहेकाले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुपर्छ ।” मुख्यमन्त्री भट्टले अहिलेको व्यवस्थालाई कसरी समृद्धिको बाटोमा लैजान सकिन्छ भन्ने महत्वपूर्ण कुरा रहेको भन्दै उहाँले यो व्यवस्थालाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले राष्ट्रिय स्वाभिमान र हितका पक्षमा सञ्चार क्षेत्र प्रयोग हुनुपर्ने बताउनुभयो । राजनीति र सञ्चार एकअर्काका परिपूरक शक्ति रहेको भन्दै उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वलाई साथ दिँदा समृद्धि आउँछ ।”

सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले राष्ट्रका पक्षमा सत्यतथ्य विश्वसनीय समाचार पस्किन आग्रह गर्नुभयो । नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सबै सम्प्रदायका मान्छेलाई एकताबद्ध गर्दै राष्ट्रिय एकताको भावना कायम गराउने काममा सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य मालामतिकुमारी रानाथारुले मिडियाले दलगत भावनावाट मुक्त भई काम गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारका प्रमुख सचिव बालकृष्ण घिमिरे राज्यको चौथो अङ्ग पत्रकारिताले सबैलाई तोड्ने नभई जोड्ने काम गर्नुपर्ने बताउनुभयो ।

समारोहमा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह, पत्रकार महासङ्घ कैलालीका सभापति जगत साउद लगायतले समृद्धिका लागि सञ्चारको भूमिकाका विषयमा आफ्ना धारणा राख्नुभयो ।

रासस, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख सिद्धराज भट्टले राससको स्थापना, दिइरहेको समाचार सेवा लगायतका विषयमा प्रकाश पार्नुभएको थियो । रासस भीमदत्तनगर कार्यालयका प्रमुख शेरबहादुर सिंहले स्वागत गर्नुभएको थियो ।

समारोहमा मुख्यमन्त्री भट्ट र आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले संयुक्तरुपमा सुदूरपश्चिम प्रदेशमा यस वर्ष उत्कृष्ट समाचार लेखनका लागि छनोट हुनुभएका डोटीका स्थानीय समाचारदाता विमलबहादुर विष्टलाई रु १५ हजारसहित प्रशंसापत्रबाट सम्मानित गर्नुभयो ।