१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

नेपाली काँग्रेसको एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु (भिडियो)

नेपाली काँग्रेसको एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु (भिडियो)
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ । आईतवार नेपाली काँग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु भएको जानकारी गराउँदै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको अभियान शुरु गर्ने बताउनु भयो ।

उहाँले जनताले सिधै नेपाली काँग्रेसलाई सत्ता निर्वाचनमा जिताएर सत्ता सुम्पिन आग्रह गर्नुभयो । महामन्त्री शर्माले जनताले कम्युनिष्ट पार्टीलाई सत्ता सुम्पिने र कम्युनिष्टहरुले काँग्रेसलाई सत्ता सुम्पिने गरेको उल्लेख गर्दै सिधै जनताले नेपाली काँग्रेसलाई निर्वाचनबाट जिताउन आग्रह गर्नुभयो । उहाँले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आजबाट चैत २९ गतेसम्म नेपाली काँग्रेसको काँग्रेस जिताऔँ अभियान पहिलो चरणमा हुने बताउनु भयो ।

महामन्त्री शर्माले पहिलो चरणमा यो अभियानमार्फत काँग्रेसल मुख्य ८ वटा उद्देश्यलाई सार्वजनिक गरेको पनि बताउनु भयो । उहाँले यो अभियान अन्तर्गत पार्टीले नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न, स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्ने कुरा र अघिल्ला सरकारहरुले गरेको कामको समिक्षा गरेर स्वविवेकले भोट हाल्न अनुरोध गर्ने कुरालाई प्राथमिकता दिएको बताउनु भयो । महामन्त्री शर्माले नेपाली काँग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशत भन्दा बढी मानिसलाई कोरोनाबिरुद्धको खोप लगाएको र जनताको जीवन रक्षालाई प्रधान विषय बनाएको तथा आगामी निर्वाचनसम्म पुग्दै गर्दा प्रायःलाई लगाइसक्ने संकल्प लिएको पनि बताउनु भयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले आज फागुनको २९ गते प्रारम्भ भएर चैत्र २९ सम्म एक महिनाको लागि घर घर जाऔँ, काँग्रेस जिताऔँ भन्ने अभियान प्रारम्भ हुँदैछ । यो चैत्र १९ सम्मको कार्यक्रम पहिलो चरण हो । त्यसपछि उम्मेदवारी दर्तासँगै फेरि घर घर जाऔँ, काँग्रेस जिताऔँ अभियानको अर्को चरण पनि प्रारम्भ हुन्छ । पहिलो चरणमा जाँदै गर्दा नेपाली काँग्रेस पार्टीले ८ वटा उद्देश्यलाई सार्वजनिक गरेको छ । सामान्यतया राजनीतिक दल निर्वाचनको अभियानमा जाँदै गर्दा सबैको बुझाइ आफ्नो चुनाव चिन्ह अघि सारेर भोट माग्ने पहिलो कुरा होला भन्ने बुझाइ हुन्छ । तर नेपाली काँग्रेस पार्टीको फरक छ ।

हामीले भोट माग्ने कुरा त छ नै तर सबैभन्दा पहिलो कुरामा हामीले के लेखेका छौँ भने मतदानमा सहभागी हुने र आफ्नो स्वविवेक प्रयोग गरेर आफ्नो स्थानीय तहमा कस्तो नेतृत्व, कस्तो दललाई लिएर आउने भन्ने विषय जनताको अधिकारको विषय हो । पहिलो नम्बरमा नेपाली काँग्रेस पार्टीले अभियानको रुपमा लिएको उद्देश्य छ, आजबाट हामी अपिल गर्दछौँ,तपाईहरु निर्वाचनको प्रक्रियामा सहभागी बन्नुहोस् । मतदानको प्रक्रियामा सहभागी बन्नुहोस्, तपाईले स्थापित गरेको लोकतन्त्र बमोजिमको तपाईको अधिकारलाई प्रयोग गर्नुहोस् । नेपाली काँग्रेस पार्टीले स्वभाविक छ कि, अहिले जे जस्तो राजनीतिक अवस्था छ देशमा बितेको ५ वर्षमा देखियो, जनताले सरकार बनाउने जिम्मा कम्युनिष्ट पार्टीलाई लगाउने तर कम्युनिष्ट पार्टीले चलाउन नसकेर फेरि हामीलाई सुम्पिने त्यसैले जनतासमक्ष हाम्रो अपिल के हुन्छ भन्दा तपाईले कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीले हामीलाई जिम्मा लगाउने भन्दा सिधै नेपाली काँग्रेस पार्टीलाई जिम्मा लगाउनुस् । बितेको ५ वर्षको समिक्षा गर्नुस् ।

५ वर्षको अवधिमा कमरेड केपी ओलीले नेतृत्व गर्नुभएको सरकारको जे जस्ता जनबिरोधी संविधान बिरोधी, भ्रष्टाचारतर्फका कुराहरुलाई गहिरो समिक्षा गर्नुहोस् । यी ५ वर्षको अवधिमा सरकारमा जाने भन्ने म्यान्डेट जनताबाट नहुँदा पनि परिस्थितिको बाध्यताले संविधान रक्षाका लागि सरकारमा गएको काँग्रेसले छोटो अवधिमा ७० प्रतिशत भन्दा बढी नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाएको, जनताको जीवन रक्षालाई प्रधान विषय बनाएको र आगामी निर्वाचनसम्म पुग्दै गर्दा प्रायःलाई लगाइसक्ने संकल्प लिएको छ, त्यसलाई पनि विश्लेषण गर्नुहोस् ।’

महामन्त्री शर्माले नेपाली काँग्रेस पार्टीले एमसीसी पास गर्दैगर्दा भनेको वाक्यलाई पनि विश्लेषण गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभयो । उहाँले कम्युनिष्टहरुले एमसीसीको बेला सडकमा कराएको युवकलाई भोटको माध्यमबाट मात्र हेरेको आरोप लगाउँदै नेपाली काँग्रेसले युवकको भविष्यलाई पनि हरेको बताउनु भयो । महामन्त्री शर्माले नेपाली काँग्रेसको यो अभियानमा आफ्नो पार्टीका मात्रै कुरा सुनाउने नभइ जनताका आवाज, जनताका चाहनाहरुको बारेमा पनि जनभावना सुन्ने बताउनु भयो । उहाँले यो अभियानबाट आम जनतालाई विभिन्न भोटर ट्रेनिङ प्रोग्राम पनि सञ्चालन गरिने बताउनु भयो । उहाँले यो अभियानबाट जनताका कुराहरु समेटेर स्थानीय विकाससँग सम्बन्धित कुराहरुसहितको घोषणापत्र बनाइने पनि बताउनु भयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीले एमसीसी पास गर्दैगर्दा भनेको वाक्यलाई पनि विश्लेषण गरिदिनुहोस् । बानेश्वरको चोकमा नारा लगाइरहेको युवकको भोट मात्रै हे¥यो होला कुनै कम्युनिष्ट पार्टीले तर काँग्रेस पार्टीले उसको भोट मात्रै होइन, उसको भविष्यलाई हे¥यो । त्यसैले उसलाई लोकप्रिय लाग्ने कुरा बोलेन । बरु उसको लोक हित केमा छ भन्ने कुरा बोल्यो । त्यसैले काँग्रेस जिम्मेवार दल छ । समृद्धिको सम्बन्धमा राम्रो र दीर्घकालीन भिजन बोक्छ भन्ने कुरालाई विश्लेषण गर्नुहोस् र काँग्रेसलाई मत दिनुहोस् । निर्वाचनमा जाने भन्दै गर्दा आजबाट हाम्रो कुरा सुनाउन मात्रै गइरहेका छौँ, त्यो होइन । केन्द्रिय प्रतिनिधिहरु ७७ जिल्लामा खटिनुभएको छ ।

आज ७७ जिल्लामा केन्द्रिकृत रुपमा उद्घाटन समोरोह केन्द्रिकृत हुँदैछ । भोलिदेखि त्यो स्थानीय पालिका हुँदै वडा केन्द्रसम्म विकेन्द्रित भएर कार्यक्रमहरु हुन्छन् । कार्यक्रम हुँदै गर्दा घर घर जाऔँ, काँग्रेस जिताऔँ भन्दै गर्दा हाम्रा साथीहरुले महत्वपूर्णरुपमा ध्यान दिने विषयका रुपमा हामीले अभियानमा के लेखेका छौँ भने जनता काँग्रेसलाई के सुनाउन चाहन्छन्, त्यो सुन्नुहोला । हामीमा कस्तो रुपान्तरण चाहन्छन्, परिवर्तन चाहन्छन्, काँग्रेसले के गर्दियोस् भन्ने चाहन्छन् रु त्यो पनि सुन्ने । जाँदै गर्दा एक्टिभिटी प्रोग्राम भन्ने भोटर ट्रेनिङ प्रोग्राम । त्यो अन्तर्गतबाट हामी १८ देखि २३ वर्ष पुग्दै गरेको पहिलो पटक मत दिने साथीहरुलाई हाम्रा कुरा पनि राख्छौँ, प्रशिक्षित पनि गर्दछौँ । उनको भविष्यको बारेमा उनीसँगै सल्लाह गरेर, बिपी कोईरालाले देख्नुभएको सपनासँग त्यो युवाको सपनालाई एकाकार गरेर कसरी लैजान सकिन्छ भन्ने संवाद पनि गर्दछौँ । साथै त्यो पुस्ताको अपेक्षामा स्थानीय तह कस्तो हुनुपर्छ रु हामी त्यो पनि छलफल गर्दछौँ । अभियानको क्रममा स्थानीय स्तरले घोषणापत्र निर्माण गर्ने समिति बन्छन् । घोषणापत्र निर्माण गर्दैगर्दा एक कोठाभित्र बसेर केही लेख्ने होइन, विकाससँग सम्बन्धित स्थानीय विषयहरु के छन् रु विद्यालय, बजार, तटबन्धका विषयहरु, बाटो, उद्यमका विषयहरु, रोजगारीका विषय, यी समग्र विषयमा विकास सम्वाद नागरिक पंक्तिसँग गरेर आएका कुरालाई इन्पुट गरेर हामी घोषणापत्रलाई अन्तिम रुप दिन्छौँ । त्यस्ैले यो अभियानमा जाँदै गर्दा नेपाली काँग्रेस पार्टीमा सामेल गर्न, नेपाली काँग्रेसलाई मतदान गर्न दलहरुको गहिरो समिक्षा र विश्लेषण गर्न, अपिल गर्न हामी जाँदैछौँ । निर्वाचनमा गएपछि जित्ने भन्ने कुरा पहिलो रुपमा हरेक दलको हुन्छ । तर सायद नेपाली काँग्रेस पार्टी यो अभियानको क्रममा पहिलो दल बन्दैछ, जसले के भन्दैछ भने निर्वाचनमा प्रतिष्पर्धा गर्ने क्रममा नेपाली काँग्रेस पार्टीको यो अभियान मार्फत सबै पार्टी पंक्तिलाई आचारसंहितालाई अक्षरसः पालना गरेर मर्याीदत ढंगको निर्वाचन प्रणालीमा जाने भन्ने पनि प्रशिक्षित गर्दैछौँ ।’

महामन्त्री शर्माले यो अभियानमा काँग्रेसलाई मात्र नभइ अन्य राजनीतिक दलहरुलाई पनि मर्यादित ढंगले चुनाव लड्न आग्रह गर्ने बताउनु भयो । उहाँले आगमी निर्वाचनहरुमा काँग्रेस एक्लै प्रतिष्पर्धा गर्ने वा गठबन्धनसँगै रहेर प्रतिष्पर्धा गर्ने भन्ने कुरा एक महिने यो अमियानपछि आएको केन्द्रिय समितिको निर्णयपछि भन्न सकिने बताउनु भयो । महामन्त्री शर्माले यो अभियानमा जाँदा काँग्रेसले कुने पनि पार्टीलाई आरोप, प्रत्यारोप नलगाइ जनताका कुरामा विशेष चासो राख्ने बताउनु भयो । उहाँले आजबाट शुरु भएको यो अभियान क्रमशः वडा तहमा विकेन्द्रिकृत हुने बताउनु भयो । यस अभियानमा ७७ जिल्लाकै केन्द्रिय प्रतिनिधिहरुले १० दिनसम्म हरेक स्थानीय पालिकामा पुगेर जनताका कुराहरु सुन्ने र उनीहरुको अपेक्षाहरु सुन्ने कुरामा केन्द्रित हुने बताउनु भयो । उहाँले सरकार संघीय प्रणालीमा गइसकेपछि सात प्रदेशमा सात प्रदेश कार्यसमितिले यो अभियानको काम गर्ने बताउनु भयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘आफू पनि मर्यादित ढंगले चुनाव लड्न पार्टी पंक्तिलाई भन्छ, अन्य दललाई पनि भनेको छ । सँगै के पनि छ भने चुनावमा गइसकेपछि एक्लै लड्छ कि गठबन्धन गर्छ रु यो विषयमा हाम्रा साथीहरुले के भन्नुहुन्छ भन्ने पनि हुन्छ । हाम्रा ७७ जना नै केन्द्रिय प्रतिनिधिले वा तलसम्मको साथीहरुले यो अभियानको अवधिभरमा हामी एक्लै लड्छौँ, हामी गठबन्धन गरेर लड्छौँ, वा हामी कसरी लड्छौँ भन्ने कुरा भन्नुहुन्न । यस बारेमा विभिन्न मोडलहरु छन् । अहिले साथीहरुले गठबन्धनका कुनै पनि दललाई एकआपसमा आरोपित गर्ने ढंगले जानुहुन्न । स्थानीय तह, जसले टिकट वितरण गर्दछ, टिकट वितरण गर्ने अधिकार राख्ने तहले नै यस बारेमा अन्तिम निर्णय गर्ने कुरा बढी व्यवहारिक हुन्छ ।

नेपाली काँग्रेस पार्टीले केन्द्रबाट प्रतिनिधि साथीहरु काठमाडौं आइसकेपछि केन्द्रिय कार्यसमितिको बैठक बस्छ, त्यसपछि केन्द्रिय प्रतिनिधिहरुले गरेको अध्ययनको जगमा उभिएर पार्टीको केन्द्रिय कार्यसमितिबाट निर्णय गर्छ र त्यो निर्णय अनुसार हामी आगामी दिनमा निर्वाचनमा जान्छौँ । सम्भवतः बढी सम्भावना के हो भने हामी केन्द्रले यसो गर भनेर थोपर्ने भन्दा पनि टिकट वितरण गर्ने तह र चुनाव अघि बढाउने तहले नै यस बारेमा निर्णइ गर्ने गरेर जान्छौँ । काँग्रेस गठबन्धनको दललाई आरोपित गर्ने गरी एकआपसमा असर गर्ने गरी जाँदैन । अभियानमा जाँदै गर्दा हाम्रो पार्टीका आदरणीय सभापति, सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रिय प्रतिनिधिहरुलाई ओरेन्टेशन गर्ने कार्यक्रममा निर्देशन दिँदै गर्दा के भन्नुभयो भने तपाईहरुले हाम्रो अभियान अघि बढाउँदै गर्दा हाम्रै कुरा गर्नुहोस् । प्रतिपक्षी एमालेलाई पनि गाली गरिरहनु पर्ने जरुरी छैन ।

यो अभियानबाट हामी एउटा इमेज स्थापित गर्न चाहन्छौँ । कमरेड केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ के भन्नुहुन्थ्यो भन्दा हामीमाथि बिरोध गर्नेहरुमाथि अरिंगाल झैँ जाइलाग भन्नुहुन्थ्यो । काँग्रेस कति फरक छ भने हाम्रो प्रतिष्पर्धी दललाई पनि गाली नगरी जानुहोस् । आलोचना हुँदै नहुने होइन, स्वस्थ आलोचना कमी, कमजोरी केलाउने कुरा हुन्छ । तर यो अभियान आज चल्दै गर्दा कसैलाई गाली गर्ने गरेर, कसैलाई आरोपित गर्ने गरेर, कसैलाई खसाल्ने गरेर होइन, एउटा जिम्मेवार ढंगले, एउटा राजनीतिक दलले आफ्नो कुरा जनतालाई सुनाउने, जनतालाई विश्वासमा लिने, जनताको कुरा सुनिराखेर आफू परिमार्जित हुनतर्फ लाग्ने र नेपाली काँग्रेस पार्टीलाई विजयी गराएर समृद्धिको यात्रालाई गति प्रदान गर्न एउटा वृहत अभियानमा सामेल बन्ने भनेर आग्रह गर्नका लागि हामी जाँदैछौँ । हाम्रा अभियानहरु केन्द्रिकृत रुपमा जिल्लामा आजबाट उद्घाटन भइसकेपछि वडा तहमा बढी विकेन्द्रित हुन्छन् । केन्द्रिय प्रतिनिधिहरु एक महिना नै बस्नुहुन्छ भन्ने होइन । एक हप्ता १० दिन जतिको समय केन्द्रिय प्रतिनिधिहरुले जिल्लामा लगाउनु हुन्छ ।

सबै स्थानीय तहमा एकपटक पुग्नुहुन्छ । यो अभियानलाई त्यसरी लिएर जाँदै गर्दा वडा कमिटीले पालिकासँग समन्वय गरेर १४ वटा जति कार्यक्रम उल्लेख छन् । उल्लेख भएका कार्यक्रमहरुलाई टाइसिक निर्माण गरी कुन दिन के कार्यक्रम गर्ने भन्ने कुरा निर्धारण गर्नुहुन्छ । यो अभियानमा काँग्रेसको केन्द्रदेखि लिएर वडासम्मले एकै स्वर गरेर हामी जान्छौँ । यसमा केन्द्रिय कार्यसमितिले केही निर्णय गरेको छ । मुख्य गरेर सात प्रदेशमा सात प्रदेश कार्यसमितिले सम्पूर्ण अनुगमन आफ्नो प्रदेशभरको गर्ने उहाँहरुले कार्य गर्नुहुन्छ । यसको भुमिकालाई संघीयतामा गइसकेपछि पहिलो पटक संघीय संरचना बनाइसकेपछि विशेष रुपमा प्राथमिकता र विशेष महत्वका साथ प्रदेश कार्यसमितिलाई आफ्नो आफ्नो प्रदेशमा नेतृत्वदायी भुमिकामा यो अभियानले निश्चित गरेको छ । यो अभियानभित्रबाट प्रदेश कार्यसमितिले आफ्नो क्षेत्रमा जिम्मेवारी बाँडफाँड गर्ने, केन्द्रको कार्यक्रमलाई असर नपर्ने गरेर आफ्नो प्रदेशमा आफ्नो अनुकुलमा थप कार्यक्रमहरु तर्जुमा गर्ने, जिल्लाले गर्ने समन्वय, प्रदेश कार्यसमितिले संघीय कार्यसमितिले, पालिकाले, वडाले गर्ने कार्यह नि हामीले छुट्याएर पठाएका छौँ ।

सबै भन्दा सजिलो यो अभियानमा जाँदै गर्दा हामीले हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी भन्ने नीति पारित गरेका छौँ । त्यो भनेको के हो भने कोही मान्छे जिल्ला सदस्य बन्ने, पूरै ५ वर्ष गुजार्ने, जिम्मेवारी त्यही पद देखाउने मात्र थियो । त्यो पद मात्रै हो जिम्मेवारी होइन । स्थानीय संरचनामा कुनै पनि तहको साथीलाई यो कुरालाई इम्प्लिमेण्ट गर्न हामी यो अभियानको अवधिमा लाग्छौँ । यो अवधिमा कुने पनि तहमा रहेका साथीहरुलाई जिम्मेवारीमा बाँडफाँड गर्ने, कसरी गर्ने भन्ने सन्दर्भमा पार्टीका दुई महामन्त्रीले हस्ताक्षर गरेर हामीले सातै प्रदेशमा ७७ वटै जिल्लामा १६५ वटा निर्वाचन क्षेत्रमा, ३३० वटा प्रदेश क्षेत्रमा, ७५३ वटा पालिकामा र ६ हजार ७ सय ४३ वटा वडामा हामील सर्कुलर पठाइसकेका छौँ । कुन तहलाई विधानको कुन धाराअनुसार के गर्न भनिएको छ, त्यो गर्ने कार्य पनि पार्टीका साथीहरुले यो अवधिमा गर्नुहुन्छ । आज शुरु भएको अभियानले मुल रुपमा संरचनालाई पूर्णता गर्ने कुरा, संगठनलाई सबल बनाउने सको कुरा, प्रतिष्पर्धामा जाँदै गर्दा राख्ने संस्कारको सको कुरा, समृद्धिको सवालमा नयाँ वहस गर्ने समृद्धिको सको कुरा र नेपाली काँग्रेस पार्टीलाई विजयी गराएर एउटा नवीन सपनामा समाजलाई एकाकार गर्ने अर्को सको कुरा गरेर ५÷६ वटा समा हामी यो अभियानलाई सबल ढंगले लिएर जाने क्रममा छौँ ।’

महामन्त्री शर्माले यो अभियानमा जनताको विश्वास जितेर आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउने र सबैलाई नेता कार्यकर्तालाई जिम्मेवारी पूरा गर्न अवसर दिने पनि बताउनु भयो । उहाँले यो अभियान विशेष गरेर समृद्धि, संस्कार, संगठनलाई नवीन ढंगले अघि बढाइ एकाकार गर्ने कुरामा केन्द्रित हुने बताउनु भयो ।