३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय बरालसँग पर्दामा देखिँदै ‘एक्टर: टेक वन’का निर्देशक राजन भुसाल



Screenshot
अ+ अ-

काठमाडौं – लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली चलचित्र ‘जिरो डिग्री’मार्फत चलचित्र निर्देशक राजन भुसालले अभिनयमा डेब्यु गर्ने भएका छन्। भुसाल यस चलचित्रको कथाकार समेत हुन्। ‘जिरो डिग्री’को निर्देशन भने सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा गर्दैछन्।

यसअघि भुसालले निर्देशन गरेको चलचित्र ‘एक्टर: टेक वन’बाट उनी दर्शकमाझ परिचित छन्। यी निर्देशकद्वयले यसअघि ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेर चर्चा कमाइसकेका छन्।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’को पटकथा तथा संवाद निर्देशकद्वय काफ्ले र बरालले तयार पारेका छन्। कथावस्तु सडक नपुगेको एक दुर्गम गाउँमा केन्द्रित छ, जहाँ आमाबुवाको निधन भएपछि विदेशमा रहेका छोराछोरी आइपुगुन्जेल सम्म शव सुरक्षित राख्न डीप फ्रिज बोकेर गाउँ भित्र्याएपछि सिर्जना हुने अनौठा र उथलपुथलपूर्ण घटनाहरू प्रस्तुत गरिएको छ। निर्देशकका अनुसार चलचित्र केवल फ्रिज गाउँसम्म पुर्‍याउने कथामा सीमित नभई ‘डार्क कमेडी’ शैलीमा समाजका गहिरा यथार्थहरू उजागर गर्ने प्रयास हो।

यसअघि सार्वजनिक गरिएको यसको पोस्टरमा कलाकारको अनुहारभन्दा कथाको केन्द्रबिन्दु बनेको डीप फ्रिज लाई प्राथमिकता दिइएको थियो।

चलचित्रका कार्यकारी निर्माता मोती कार्की हुन्। ‘जिरो डिग्री’को छायाङ्कन सुरु हुने चरणमा रहेको र हाल निर्माण पक्ष लोकेसन तय गर्न विभिन्न स्थानहरूमा पुगिरहेको छ। आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको यो चलचित्रको वितरण कुबेर सिने डिस्ट्रिब्युसन ले गर्नेछ।

निशाल पौडेलले छायाङ्कन गर्ने यस चलचित्रका गीतमा अङ्कित बाबु अधिकारी ले सङ्गीत भर्नेछन् भने ‘ऊनको स्वीटर’ को चर्चित गीत ‘काफ्ले’ का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।