१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव हुन्छ : रक्षामन्त्री पोखरेल

सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव हुन्छ : रक्षामन्त्री पोखरेल
अ अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार, नेपाली सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव भएको बताउनुभएको छ ।

बिहीबार नेपाली सेनाले प्रकाशित गरेको युनिटी जर्नल सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रको रक्षाको जिम्मेवारी सेनाले वा सरकारले मात्र गर्न सम्भव नहुने भएकोले नागरिकको समेत साथ र सहयोग अपरिहार्य भएको बताउनुभएको हो । उहाँले राष्ट्रिय सुरक्षाका लागि सबै पक्षको सोच र धारणा समान हुनुपर्ने समेत बताउनुभयो । त्यसका लागि अनुसन्धानमा आधरित लेखहरुले एकिकृत दृष्टिकोण बनाउन ठुलो मद्दत पुर्याउने बताउनुभयो । राज्य शक्तिका सबै संयन्त्रहरु एकिकृत भर्य परिपक्व नहुँदासम्म राष्ट्रिय सुरक्षामा चुनौति रहने उहाँले बताउनुभयो । सबै चुनौतिहरुको पहिचान गरी उपयुक्त रणनीति तयार गर्न अनुसन्धानात्मक प्रकाशनहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले युनिटी जर्नल पनि राष्ट्रिय सुरक्षाको विषयमा महत्वपूर्ण रहने बताउनुभयो ।

उहाँले राष्ट्रिय सुरक्षाका चुनौति र राष्ट्रिय एकताका अवसरहरु पहिचान गरी नेपालको भू-राजनीति र भू-रणनीतिका विभिन्न पक्षहरुको अनुसन्धान र अध्ययनको आवश्यकता रहेको समेत बताउनुभयो । राष्ट्रिय सुरक्षाका विषयमा योग्य जनशक्ति निर्माण गर्ने उद्देश्यले सरकारले नेशनल डिफेन्स युनिभर्सिटी स्थापनाको कामलाई अगाडि बढाएको समेत बताउनुभो । कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रको विकास र समृद्धिको लागि राष्ट्रिय सोचमा एकता आवश्यक पर्ने र त्यसको आधार निर्माणमा जोड दिनुभयो । राष्ट्रिय एकताको महत्व स्थापित गर्न युनिटी जर्नल कोषेढुङ्गा सावित हुने विश्वास समेत उहाँले गर्नुभयो ।

प्रधान सेनापति थापाले भू-राजनीति र भू-रणनैतिक अवस्थितिले राष्ट्रको सुरक्षामा प्रत्यक्ष प्रभाव परेको बताउनुभयो । उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा विकास हुँदै गएको परिस्थितिले नेपालको भूराजनीतिक र रणनीतिक महत्व पनि बढ्दै गएको बताउनुभयो । उहाँले युनिटी जर्नल सबै नेपालीमा राष्ट्रिय एकताको सोच र विचार विकास गर्नका लागि र राष्ट्रिय सुरक्षाको रणनीतिक विकासका लागि सहयोगी हुने विश्वास रहेको बताउनुभयो । नेपाली सेनाले सेना दिवसको अवशरमा राष्ट्रिय सुरक्षा र एकतासम्बन्धि विषयहरु समावेश गरी युनिटी जर्नल प्रकाशन गरेको हो ।