८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं



अ+ अ-

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तनमा लागेका, नयाँ भनिएका वैकल्पिक शक्तिहरुलाई संवाद मार्फत एकै ठाउँमा ल्याउने प्रयास स्वरुप अघि बढिरहेको बताउनु भएको छ ।

सहकारी सम्बन्धी मुद्दाको तारिख बुझ्न चितवन पुग्नुभएका सभापति लामिछानेले स्थानीय संचारकर्मीलाई प्रतिक्रिया दिँदै त्यसैको एउटा महत्वपूर्ण कडीका रुपमा अघि बढेको र त्यसलाई टुंगोमा पुर्याउने गरी हामी सबैसँग संवादमा रहेको बताउनुभयो ।

काठमाडौंका मेयर बालेन शाहलाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको हो त भन्ने प्रश्नमा सभापति लामिछानेले भन्नुभयो, हामी त्यस चरणमा प्रवेश गरेका छैनौं । पहिला थाहा हुनुपर्यो, कुराकानी हुनुपर्यो, परिस्थिति बारे बुझ्नु पर्यो । जानकारी लिनुपर्यो । हामी त्यो चरणमा छौं ।

मेयर बालेन शाहसँग सभापति लामिछाने सहितको रास्वपाको नेतृत्वले गएराति असिम शाहको निवासमा करिब छ घण्टा भेटवार्ता भएको थियो ।

कुलमान घिसिङसँगको वार्ता के हुँदैछ भन्ने अर्को प्रश्नमा उहाँले भन्नुभयो, अरु शक्तिहरुसँग छलफल हुँदैछ, सुदन गुरुङसँग पनि कुरा भएको छ । कुलमान जीसँग पनि कुराकानी गर्छौं । हामी सबैलाई एक ठाउँमा ल्याउन प्रयास गर्छौं । रास्वपा त्यसमा लागिरहेको छ ।