काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।
राष्ट्रपतिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शीतलनिवासमा हुने छलफलमा आमन्त्रण गर्नुभएको हो ।
राष्ट्रपति र तीन शीर्ष नेताबीचको छलफल आज दिउँसो ३ बजे शीतलनिवासमा सुरु हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ।










