९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी महासचिव शंकर पोखरेलसँग टेलिफोन संवाद गर्दै तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन्।

उपमहासचिव भट्टराईले मंगलबार महासचिव पोखरेललाई फोन गरेर प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा औपचारिक छलफल आवश्यक भएको भन्दै सचिवालय बैठक राख्न आग्रह गरेका हुन्।

टेलिफोन संवादका क्रममा भट्टराईले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने, पुस १३ र १४ गते समानुपातिक तर्फको उम्मेदवार सूची बुझाउने कार्यतालिका रहेको, माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुने तथा माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुने स्मरण गराएका थिए।

‘पहिला यस्ता निर्वाचनहरूका लागि कमिटी बैठक राखेर चरणबद्ध रूपमा नाम माग्ने र तयारी गर्ने चलन थियो,’ भट्टराईले भनेका थिए, ‘यसपटक अहिलेसम्म त्यस्तो कुनै औपचारिक तयारीबारे जानकारी छैन, त्यसैले सचिवालय बैठक राखेर छलफल गर्न आवश्यक छ।’

चुनावी तयारी, उम्मेदवार छनोटका मापदण्डलगायत विषयमा निर्णय गर्न सचिवालय बैठक अपरिहार्य भएको भट्टराईको भनाइ छ। उनले समयमै छलफल र निर्णय नभए निर्वाचन व्यवस्थापनमा समस्या आउन सक्ने संकेत पनि गरेका छन्।