८ पुष २०८२, मंगलवार
,
Latest
प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी महासचिव शंकर पोखरेलसँग टेलिफोन संवाद गर्दै तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन्।

उपमहासचिव भट्टराईले मंगलबार महासचिव पोखरेललाई फोन गरेर प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा औपचारिक छलफल आवश्यक भएको भन्दै सचिवालय बैठक राख्न आग्रह गरेका हुन्।

टेलिफोन संवादका क्रममा भट्टराईले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने, पुस १३ र १४ गते समानुपातिक तर्फको उम्मेदवार सूची बुझाउने कार्यतालिका रहेको, माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुने तथा माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुने स्मरण गराएका थिए।

‘पहिला यस्ता निर्वाचनहरूका लागि कमिटी बैठक राखेर चरणबद्ध रूपमा नाम माग्ने र तयारी गर्ने चलन थियो,’ भट्टराईले भनेका थिए, ‘यसपटक अहिलेसम्म त्यस्तो कुनै औपचारिक तयारीबारे जानकारी छैन, त्यसैले सचिवालय बैठक राखेर छलफल गर्न आवश्यक छ।’

चुनावी तयारी, उम्मेदवार छनोटका मापदण्डलगायत विषयमा निर्णय गर्न सचिवालय बैठक अपरिहार्य भएको भट्टराईको भनाइ छ। उनले समयमै छलफल र निर्णय नभए निर्वाचन व्यवस्थापनमा समस्या आउन सक्ने संकेत पनि गरेका छन्।