३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न
अ+ अ-

काठमाडौँ । ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरुमा चित्रकला कार्यशाला एवं अन्तरक्रिया सम्पन्न भएको छ ।

प्रतिष्ठानको सहकार्यमा पर्वतको भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिका र फलेवास–५ ले सोमबार आयोजना गरेको ‘पालिकास्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशाला’ तथा ललितकला अन्तरक्रिया कार्यक्रममा विद्यार्थीलाई कला र सीपबारे प्रशिक्षण दिइएको थियो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ललितकलाका विविध आयाम, क्षेत्रको चर्चा गर्दै यस क्षेत्रको उत्थान, प्रवर्द्धनमा प्रतिष्ठानले काम गर्दै आएको र ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गर्दै देशका सबै ललितकलाकर्मी तथा नवपुस्तालाई समेट्न यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।

नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले ललितकलालाई गाउँगाउँसम्म पु¥याउन संस्कृति र कला पर्यटनको प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भवानी विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले विद्यार्थीको सिर्जनात्मक प्रतिभाको उजागरका लागि यस किसिमको प्रतियोगिताले थप ऊर्जा थप्ने बताउँदै प्रतिष्ठानसँगको सहकार्यमा यस्ता कार्यक्रम गर्न पाउँदा खुसी लागेको धारणा राख्नुभयो ।

मच्छिन्द्र शाक्य र शर्मिला खनाल प्रशिक्षक रहनुभएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य राधिका कँडेल, नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत कृष्णप्रसाद आचार्य तथा नगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकलगायतको सहभागिता रहेको थियो । सो अवसरमा स्थानीय कलाकारको सहभागितामा कला कार्यशाला तथा डिजिटल कला प्रदर्शनीसमेत गरिएको थियो । रासस