६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

कर्णालीका बहुमूल्य खानीहरु व्यक्तिको नाममा भएको पाईयो

कर्णालीका बहुमूल्य खानीहरु व्यक्तिको नाममा भएको पाईयो
अ+ अ-

सुर्खेत । कर्णालीमा रहेका बहुमूल्य खानीहरू विभिन्न व्यक्ति, कम्पनी र फर्महरूले आफ्नो नाममा दर्ता गराएको खुलासा भएको छ । खानी तथा भू–गर्भ विभागले दिएको जानकारीअनुसार सार्वजनिक सम्पत्तिका रूपमा रहेको बहुमूल्य खानीलाई व्यक्ति, कम्पनी र फर्महरूले आफ्नो नाममा दर्ता गराएको भेटिएको हो । स्रोतका अनुुसार आव ०७४/७५ मा ३२, ०७५/७६ मा २३, चालु आवमा एक फर्मले बहुमूल्य खानीहरू व्यक्ति, कम्पनी र फर्मका नाममा दर्ता भएका छन् ।

जाजरकोट, कालिकोट, रुकुम पश्चिमका केही क्षेत्रलगायत कर्णालीका सीमित ठाउँमा पाइने बहुमूल्य काइनाइट, क्वार्ज, तुर्मालिन, सुन, फलाम, कोल्केट, लिमस्टोनजस्ता बहुमूल्य धातुहरू विभिन्न कम्पनी तथा फर्मले उत्खनन् तथा निकासीका लागि स्वीकृति लिएको खानी तथा भू–गर्भ विभागका सूचना अधिकारी कृष्णदेव झाले बताए । ‘नेपाल सरकारको नियमानुसार हामीले खानीको उत्खनन र निकासीका लागि स्वीकृत गरेको छ’, उनले भने, ‘खानी तथा भू–गर्भ विभागमा नियमानुसार नै दर्ता भएका हुन् ।’

आव ०७४/७५ मा उत्खनन् तथा निकासीको अनुमति लिएका मध्ये एक फर्मले कोलकेट खानी सल्यानमा, ११ फर्म तथा व्यक्तिले काइनाइटका लागि जाजरकोट, कालिकोट, सल्यान र दैलेख जिल्लामा उत्खनन्को अनुमति लिएका छन् । त्यस्तै ११ वटा कम्पनी, फर्म र व्यक्तिले तुर्मालिनका लागि जाजरकोट, सल्यानमा अनुमति लिएका छन् । तीन वटा फर्मले सुन खानीका लागि जाजरकोट, एक फर्मले क्वार्ज खानीका लागि हुम्ला, फलाम खानीका लागि दुई फर्मले जाजरकोट र सल्यानबाट उत्खनन्को अनुमति लिएका छन् । एक फर्मले सल्यानबाट लिमस्टोन उत्खनन्का लागि अनुमति लगेको छ ।

आव ०७५÷७६ मा खानी उत्खनन्को निकासी अनुमति लिनेमा २३ फर्म, कम्पनी र व्यक्ति रहेकोमा सात वटाले दैलेख, जाजरकोट, कालीकोटबाट काइनाइट, जाजरकोटमा तुमालिन उत्खनन नौं वटा, जाजरकोटमा दुईले फलाम खानी, सल्यानमा एक र एक कोलकेट र लिमस्टोन, सल्यान र जाजरकोटमा सुनका लागि दुई र एक वटाले हुम्लामा क्वार्जका लागि उत्खनन अनुमति लिएका छन । आव ०७६/७७ मा भने एउटा मात्र कम्पनीले उत्खनन्को अनुमति लिएको छ । सुर्खेतको चौकुने गाउँपालिकामा लिमस्टोन निकासी तथा उत्खनन्का लागि विशेष व्यवस्थाअनुसार लिमस्टोन उत्खननका लागि अनुमति लिएको छ ।

प्रदेश सरकार अनविज्ञ:कर्णालीमा रहेका बहुमूल्य खानीहरू विभिन्न व्यक्ति, कम्पनी र फर्महरूले आफ्नो नाममा दर्ता गराएको विषयमा प्रदेश सरकार अनविज्ञ रहेको छ । कर्णाली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा कति जनाले खानी उत्खनन्का लागि अनुमति लिएको विषयमा जानकारी नभएको जनाएको छ ।

कर्णाली उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले खानीको उत्खनन् भूगर्भ विभागले दिने गरेको र प्रदेश सरकारलाई यस विषयमा जानकारी नभएको बताए । ‘खानीको उत्खनन्न केन्द्रले दिने गरेको छ’, उनले भने, ‘यस विषयमा प्रदेश सरकारलाई खासै जानकारी हुुँदैन ।’ अहिले प्रदेश सरकारले खनिज ऐन बनाउन थालेको सूचना अधिकारी रोकायाले बताए । ‘सरकारले अहिले खनिज ऐन बनाउन थालेको छ ।’ उनले भने, ‘खनिज ऐन बनेमा व्यवस्थित हुनेछ ।’

स्थानीयतहसँग समन्वय नै गर्दैनन्: खानी तथा भू–गर्भ विभागबाट उत्खनन् तथा निकासी लिएका कम्पनी, फर्म तथा व्यक्तिहरूले स्थानीय सरकारसँग कुनै समन्वय नगरी उत्खनन् तथा निकासी गर्ने गरेका छन् । स्थानीय तहसँग समन्वय नहुँदा कुन कम्पनी तथा फर्म वा व्यक्तिले कति मात्रामा सामानको निकासी तथा उत्खनन् गर्यो भन्ने कुनै जानकारी नै नहुने गरेको छ । विगत लामो समयदेखि विभिन्न कम्पनी तथा फर्महरूले कालिकोटको शुभकालिका गाउँपालिका–२ भर्तामा रहेको काइनाइट खानीबाट बहुमूल्य पत्थरको निकासी हुने गरेको त्यो कति मात्रामा कसले निकासी गर्यो, राजस्व कसलाई बुझायो भन्ने अहिलेसम्म पनि जानकारी नभएको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द अधिकारीले बताए ।

‘हाम्रो गाउँपालिकामा बहुमूल्य काइनाइट पत्थरको खानी छ’, उनले भने, ‘त्यो कसले कसरी लिएको कसलाई राजस्व बुझाएको छ । त्यो विषयमा गाउँपालिकालाई कुनै जानकारी छैन ।’ राजस्व गुम्दै कर्णाली प्रदेशमा रहेका खनिजहरू अवैध उत्खनन् चोरी निकासी हुँदा करोडौँ राजस्व गुम्ने गरेको छ । प्रदेश सरकार र स्थानीय सरकारसँग खनिज ऐन कार्यविधि निर्देशिका नहुँदा र संघीय सरकारले नै सबै कार्य व्यवस्था हेर्ने भएकाले करोडौँ राजस्व गुम्दै गएको छ ।

गत आवमा हुम्लाका अदानचुली गाउँपालिका र सर्केगाड गाउँपालिकाको सिमाना मनेलेक एक कम्पनीले क्वार्ज उत्खनन्को अनुमति लिएको त्यहाँबाट हेलिकोप्टरबाट उडान निकासी गरेको स्थानीयले बताए । गाउँपालिकाका अनुसार कसरी कुन संस्थाले उत्खनन्को जिम्मा लिएको थियो । त्यो पनि पत्ता लाग्न सकेन । सौर्य दैनिकबाट