१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सालपा विकास बैंकले ‘आइपिओ’ जारी गर्दै



अ+ अ-

खोटाङ।  सालपा विकास बैंकले सर्वसाधारणका लागि यही पुस १६ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) जारी गर्ने भएको छ ।

‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित विसं २०६९ साउन ३ गते दिक्तेल बजारमा सो बैंक स्थापना भएको थियो । बैंकले १३ वर्षपछि सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो ।

संस्थापक शेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी रु दुई करोड लगानीमा स्थापना गरिएको बैंकले आफ्नो जारी कूल चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने रु १७ करोड २३ लाख ८८ हजार बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपिओ निष्कासनको अनुमति पाएको छ ।

बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर रोजगारी गरिरहेका नेपालीका लागि एक लाख ७२ हजार ३८८ कित्ता तथा सामूहिक लगानी कोषका लगानीकर्ताका लागि ८६ लाख १९४ कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणलाई लक्षित गरेर खुला गर्न लागिएको १४ लाख ३९ हजार १७९ कित्ता आइपिओका लागि पुस–२० गतेसम्म आवेदन दिन सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) योगेन्द्र पुनले जानकारी दिनुभयो ।

शेयर प्रतिकित्ता रु १०० का दरले बिक्री गरिने बैंकले जनाएको छ । दिक्तेल बजारसँगै जिल्लाको विभिन्न छ स्थानमा यस बैंकको शाखा रहेको छ ।रासस