१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री



अ+ अ-

रौतहट। रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरुलाई एक संस्थाले आगो निभाउनमा उपयोग गरिने सामग्री उपलब्ध गराएको छ ।

आज चन्द्रनिगाहपुरमा ग्रामीण विकास केन्द्र नामक संस्थाले ११ वटा सामुदायिक वन उपभोक्ता समूहहरुलाई ती सामग्री हस्तान्तरण गरेको हो ।

जलवायु जोखिम तथा सङ्कटका लागि सामुदायिक उत्थानशील परियोजनाअन्तर्गत अक्सफाम नेपालको सहयोगमा ती सामुदायिक वन उपभोक्ता समूहहरुलाई आगो निभाउने सामग्री हस्तान्तरण गरिएको आयोजक ग्रामीण विकास केन्द्रका अध्यक्ष डा पारस हुसेनले जानकारी दिनुभयो ।

प्रत्येक सामुदायिक वन उपभोक्ता समूहहरुलाई बेल्चा, टर्च, भ्याटभ्याटे, रेक, बाल्टिन, हेल्मेट, पञ्जा, ट्रक पेटी गरी करिब ५० हजार मूल्य बराबरको सामान हस्तान्तरण गरेको जलवायु जोखिमका लागि सामुदायिक उत्थानशील परियोजनाका कार्यक्रम संयोजक चिरञ्जिबी महतोले जानकारी दिनुभयो ।

सामग्री बुझ्दै सखुवानी सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–२ का अध्यक्ष भीमबहादुर केसीले आफ्नो वन क्षेत्रमा लागेको आगो निभाउन यी सामग्रीले ठूलो सहयोग पुग्ने बताउनुभयो ।

चैत वैशाखमा सामुदायिक वनहरुमा डढेलो लाग्ने भएकाले अहिले नै पूर्वतयारीका रुपमा सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । रासस