७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताउनुभएको छ ।

सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्रीहरुले अहिले धेरै बोल्ने नभइ सरासर काम गर्ने भएको बताउनु भयो । अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिइएको उल्लेख गर्नुहुँदै निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित गराउन नसके मन्त्री भएर बसिरहन नहुने बताउनु भयो । उहाँले निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्ने बताउनु भयो । उहाँले निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकाको हो । तपाईंहरुका बोलीले निर्वाचन भाँडिँदै छ । किन बोल्नुपर्छ र ? मैले मन्त्रीहरुलाई भन्ने गरेको छु, म पनि मन्त्री भएर बिताएको छु । मन्त्रीहरु भनेको बलेँनी जस्तै हो । बलेनीको ढुंगा जस्तो हो मन्त्री भनको बाहिर जानेले पनि टेक्छ र भित्र जानेले पनि टेक्छ । ऐया भन्न पाइँदैन । त्यस्तै मुख बन्द गरेर काम गर्नुस् । अहिले धेरै नबोल्नुस् । अहिले बोल्ने होइन । तपाईंहरुलाई एउटा ऐतिहासिक जिम्मेवारी दिएको छ । निर्वाचन गराउने । स्वच्छ, निष्पक्ष निर्वाचन गराउने दायित्व तपाईंहरुको हो । नत्र भने मन्त्री भएर नबस्नुस् ।’

उहाँले सरकारको ध्यान निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्नुभयो । सरकारले नयाँ नयाँ कुराहरु गर्न शुरु गरे काम नहुने बताउनु भयो ।