७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी कानुन र व्यवस्थापनका विषयमा राजनीतिक दलहरू तथा नागरिक प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल दिउँसो १ बजे सिंहदरबारमा सुरु हुनेछ। छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले आ–आफ्नो प्रस्तुतीकरण गर्ने कार्यक्रम छ।

छलफलमा राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी हुने छन्। एमालेबाट शंकर पोखरेल र महेश बर्तौला, कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र राजेन्द्र पाण्डे सहभागी हुनेछन्। यस्तै, रास्वपाबाट शिशिर खनाल र सोविता गौतम सहभागी हुने तय भएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर प्रधानमन्त्री कार्कीले पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरूसँग निरन्तर छलफल गरिरहनुभएको छ। यद्यपि अहिलेसम्म शीर्ष तहका नेताहरूसँग औपचारिक भेटघाट भने भएको छैन।