७ पुष २०८२, सोमबार
,
Latest
मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ



अ+ अ-

काठमाडौँ । विराटनगरमा सञ्चालनमा रहेका दुई क्यासिनोमा आइतबार राति प्रहरीले छापा मार्दा २० जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगरस्थित गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा छापा मारेको हो।

छापाका क्रममा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

एसपी कटवालका अनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेध रहे पनि नेपालीहरू भेटिएकाले उनीहरूलाई पक्राउ गरिएको हो। “क्यासिनोमा नेपाली प्रवेश निषेध छ। निषेध गरिएको स्थानमा नेपालीलाई प्रवेश गराएको पाइएकाले व्यवस्थापकसहितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,” उनले भने।

पक्राउ परेकामध्ये केहीले आफू कर्मचारी भएको दाबी गरेपछि प्रहरीले परिचयपत्र माग गरी ‘स्क्रिनिङ’ प्रक्रिया अघि बढाएको जनाएको छ। स्क्रिनिङ पूरा भएपछि मात्रै कति जनाविरुद्ध मुद्दा दर्ता हुन्छ भन्ने यकिन हुने एसपी कटवालले बताए।

प्रवेश निषेध रहेको क्यासिनोमा नेपालीहरू निर्बाध रूपमा जुवाजन्य खेल खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा हानेको प्रहरीले जनाएको छ।