१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश



अ+ अ-

सिरहा। विभिन्न पार्टीका नेताहरु आजपामा प्रवेश गरेका छन् ।

मधेस प्रदेशको सिरहाको धनगढीमाई बजारमा आम जनता पार्टी (आजपा)ले आयोजना गरेको सिरहा क्षेत्र नं. २ को क्षेत्रिय भेलामा नेताहरुले आ–आफ्नो पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका, माला लगाएर पार्टीमा स्वागत गरेका छन् । आजपामा स्वागत गर्दै उनले सफल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

सिरहा क्षेत्र नं. २ को ख बाट मधेस प्रदेश सभाका प्रत्यासी एवं जनमत पार्टीका नेता बिनोद चौधरी, गोलबजार नगरपालिकाका मेयर प्रत्यासी एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता रामऔतार यादव सहितका नेताहरु आजपामा प्रवेश गरेका छन् ।

विभिन्न पार्टीमा आबद्ध नेताहरुका साथै स्वतन्त्र अभियन्ताहरुले समेत आजपामा प्रवेश गरेका छन् । सिरहाका मिथिलेस सिंह, जयप्रकाश, हरिदेव बाब, रामानन्द झा, विलोक्षण साह, रामान्द साह, गिरजा महतो, गुन्जा साह, नेपाली साह महात्मा, बैजनाथ चौधरी, धनेश्वरी देवी दास, सुरजकुमार सिंह, चन्दन सिंह, शारदादेवी महतो, सोनिता सिंह, जवित्रि साफी, ललित साह, फुलदेवी मण्डल, शिलादेवी राय लगायतकाले पार्टीमा प्रवेश गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

यसअघि जनमत पार्टीका केन्द्रीय एवं स्थानीय तहमा रहेका नेताहरुले आजपामा प्रवेश गरेका छन् । पछिल्लो समय विभिन्न पार्टीका नेताकार्यकर्तादेखी स्वतन्त्र अभियन्ताहरु आजपामा प्रवेश गर्ने लहर चलेको प्रवक्ता साहले जनाएका छन् ।