१६ श्रावण २०८३, शनिबार
,
Latest
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप



अ+ अ-

काठमाडौँ। भारतलाई १ सय ९१ रनले हराउँदै पाकिस्तानले एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि जितेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको आईसीसी एकेडेमी मैदानमा पाकिस्तानले दिएको ३ सय ४८ रनको लक्ष्य पछ्याएको भारतले २६ ओभर २ बलमा १ सय ५६ रन बनाउँदा सबै विकेट गुमायो ।

भारतका दीपेश देवेन्द्रनले सबैभन्दा धेरै १६ बलमा ३६ रन बनाए । पाकिस्तानका अली राजाले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४७ रन बनायो । पाकिस्तानका समीर मिन्हासले ११३ बलमा १७२ रन बनाए । यस्तै अहमद हुसेनले ५६ रन बनाए । भारतका दीपेश देवेन्द्रनले ३ विकेट लिए ।

पाकिस्तानले दाेस्राे पटक एसीसी १९ वर्षमुनिकाे एशिया कपकाे उपाधि जितेकाे हाे । यसअघि पाकिस्तान सन् २०१२ मा भारतसँग संयुक्त रूपमा विजेता बनेकाे थियो ।