१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा



फाइल तस्बिर
अ+ अ-

काठमाडौँ। ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वातावरण विभागको संयुक्त टोलीले आज थानकोटमा गरेको जाँचका क्रममा मापदण्डभन्दा बढी धुँवा फाल्ने सवारीसाधनका चालकलाई काराबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ६० सवारीसाधन जाँच गर्दा मापदण्डभन्दा बढी धुँवा फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरिएको राससलाई जानकारी दिनुभयो ।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्न जाने भएकाले सवारीसाधनको अवस्था जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले सम्पूर्ण चालकलाई अनुरोध गरेको छ । रासस