६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीले उठाएका माग पूरा गर्ने सर्तमा निर्वाचनका लागि सरकारलाई साथ दिने प्रतिबद्धता जनाएका छन्।

जेलबाट रिहा भएपछि आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थली पुगेका लामिछानेले निर्वाचनमा जानुको विकल्प नभएको भन्दै सुशासन, जेनजीका मागको सम्बोधन र निष्पक्ष निर्वाचनका लागि रास्वपा सरकारसँग उभिने बताए।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै चुनावी वातावरण बिगार्नु आवश्यक नरहेको टिप्पणी गरे। “मुन्टो निकाल्नु पर्दैन। चुनावको वातावरण बिगार्नु पर्दैन। पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो,” उनले भने।

सभापति लामिछानेले केही ‘भागेका शक्तिहरू’ निर्वाचन बिथोल्न सक्रिय भएको आरोपसमेत लगाए। उनीहरूले आफ्नै मान्छे प्रयोग गरेर सानातिना घटना घटाउने र निर्वाचनको वातावरण बिग्रिएको देखाउने प्रयास गरिरहेको उनको दाबी थियो।

“भागेका केही शक्तिहरू निर्वाचन बिथोल्न लागेका छन्। सानातिना घटना घटाउन पनि उनीहरू पछि पर्दैनन्,” उनले भने, “आफ्नै मान्छे खटाएर घटना गराउने अनि निर्वाचन वातावरण बिग्रियो, सरकारले सम्हाल्न सकेन भनेर मुन्टो निकाल्दै छन्।”