९ असार २०८३, मंगलवार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम



photo: rss
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जिल्ला–जिल्लाबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया प्रदेश हुँदै केन्द्रसम्म अघि बढिरहेको छ। यस क्रममा सबैभन्दा धेरै जिल्लाबाट महामन्त्री गगनकुमार थापाको नाम सिफारिस भएको छ।

थापा विभिन्न जिल्लासँगै तेह्रथुमबाट प्रत्यक्षतर्फ एकल रूपमा सिफारिस भएका थिए। तर, कोशी प्रदेश समितिले भने उनको नामसँगै सीता गुरुङको नाम पनि थपेर केन्द्रमा पठाएको छ।

गुरुङ विघटित प्रतिनिधि सभामा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन जित्ने एकमात्र सांसद थिइन् ।

कोशी प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले सीता गुरुङको नाम थपेर केन्द्रमा पठाइएको पुष्टि गरे। यस क्रममा उनले महामन्त्री थापा र उनीनिकट नेताहरूले ‘स्टन्ट’ गरेको आरोपसमेत लगाए।

यसअघि सीता गुरुङको नाम तेह्रथुम जिल्लाबाट सिफारिस नहुनुमा पूर्वसांसद तुलसी सुब्बा समूह हाबी भएको त्यहाँका केही नेताहरूको भनाइ छ। तेह्रथुम कांग्रेसका एक पदाधिकारीका अनुसार अघिल्लो निर्वाचनमा तुलसी सुब्बा सीता गुरुङलाई हराउन सक्रिय थिए।

सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनका लागि तेह्रथुम कांग्रेसले प्रत्यक्षतर्फ गगनकुमार थापाको मात्रै नाम सिफारिस गरेको थियो।

समानुपातिकतर्फ भने कृष्णमान तुम्बाहाम्फे, डिल्लीराम नेपाल, विजय सम्बाहाम्फे, रुद्र कन्दङ्वा, बसन्ती सुब्बा गुरुङ, शारदा कोइराला र शनिषा भेटवालको नाम सिफारिस गरिएको छ।