११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको हो ।

आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ बराबरको कारोबार भनेको नेप्सेले जनाएको छ । आजको कारोबारमा म्युचुअल फण्डबाहेक अरु सबै समूहको उपसूचक घटेको छ ।

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकाश बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।