२४ जेष्ठ २०८३, आईतवार
,
Latest
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएका छन्। शुक्रबार रिहा भएका लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैछ।

पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार केन्द्रीय समिति बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ। बैठकमा सभापति लामिछानेले केन्द्रीय समिति सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

केन्द्रीय समिति बैठकअघि पार्टीका नेता तथा कार्यकर्ताले सभापति लामिछानेलाई दिउँसो ३ बजे स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको छ।

शुक्रबार रिहा भएपछि लामिछाने शनिबार चितवनमा आयोजित सभामा सहभागी भई काठमाडौं फर्किएका थिए। त्यसपछि उनले जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई भेटेर समवेदना व्यक्त गरेका थिए।

सहकारी ठगी प्रकरणमा लामिछाने जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारीमा थिए। शुक्रबार लामिछाने रिहा भएलगत्तै रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् रूपमा सक्रिय हुने जानकारी सार्वजनिक गरेको थियो।