काठमाडौँ । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक इन्टर्न डाक्टरको मृत्यु भएको छ।
मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर गम्भीर घाइते भएका डाक्टर अमित यादवको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
सप्तरीको राजविराज नगरपालिका–९, जगदरी घर भएका यादव इन्टर्नका रूपमा सोही अस्पतालमा कार्यरत थिए।
पाँचौँ तलाबाट भूइँमा खस्दा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई तत्कालै नोबेल मेडिकल कलेजकै आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।










