१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’



अ+ अ-

कास्की। पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा आज पोखरामा ‘टुर दि पोखरा’ साइकल टुर सम्पन्न भएको छ ।

साइकल सिटी पोखराले साइकल प्रयोगलाई प्राथमिकता दिनुपर्ने सन्देशसहित ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइक्लिङ’ को नारासहित आठौँ संस्करणको साइकल टुर गरेको हो ।

पोखरादेखि माछापुच्छ«े गाउँपालिका–२ स्थित गण्डकी रेन्वो ट्राउट हुँदै पुनः पोखरासम्मको ५१ किलोमिटर साइकल यात्रामा ३२ जिल्लाका करिब नौ सयभन्दा बढी सहभागी भएको आयोजक संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले साइकल ¥यालीको माध्यमबाट पोखरा र वरिपरिका पर्यटकीय गन्तव्य पहिचान गरी आमन्त्रित स्वदेशी एवं विदेशी साइकल यात्रीलाई भ्रमण गराउने र हरित क्रान्तिको सुरुआत गराउने उद्देश्य रहेको बताउनुभयो ।

विश्व प्रसिद्ध साइकलयात्री पुष्कर शाहको विशेष सहभागिता रहेको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले साइकल संस्कृतिको विकास र युवाहरूमा साहसिक पर्यटनप्रति रुचि बढाउने कार्यमा यसले महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“साइकल टुरमार्फत पोखराका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन भएको छ । यसका साथै स्वस्थ जीवनशैली, कार्बन उत्सर्जन न्यूनीकरण र वातावरण संरक्षणको सन्देश प्रवाह भएको छ ।”

महानगर प्रमुख आचार्यले साइकल प्रेमीहरूको सहरका रूपमा पोखरालाई विकास गर्ने गरी नौ वटै ताल जोड्ने गरी एक सय १७ किमी लामो साइकल ट्र्याक निर्माणको क्रममा रहेको बताउनुभयो ।

साइकल सिटीका सचिव रामचन्द्र भट्टले कार्यक्रमले साइकल संस्कृतिको प्रवर्द्धन गर्नुका साथै इन्धन बचाउन तथा वातावरण स्वस्थ राख्नका लागिसमेत योगदान पुगेको बताउनुभयो ।