२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले



फाइल फोटो
अ+ अ-

बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साँधिएको बताउनुभएको छ ।

आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्लेले पुराना पात्र र प्रवृतिका विरुद्ध बोलेका कारण पुराना दलहरूले रविमाथि प्रतिशोध साँधेको प्रमाणित हुँदै गएको उहाँले बताउनुभएको हो । उहाँले भन्नुभयो, “रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीय छ ।”

युवा शक्तिलाई उत्पादनमा जोड्नुपर्नेमा विदेशिन वाध्य पारिएको उहाँको भनाइ छ । रास्वपाले प्रवासमा रहेका युवाहरूसँग भएको पूँजी र दक्षतालाई स्वदेशमा उपयोग गर्ने गरी योजना अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।रासस