१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने



अ+ अ-

कञ्चनपुर। विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।

चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस ६ र ७ गते बिदा दिने निर्णय गरिएको छ ।

“प्रतिकूल मौसमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो”, उहाँले भन्नुभयो, “अत्यधिक चिसोले गर्दा पठनपाठनमा बाधा पुग्न थालेको छ, चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले नगरप्रमुखस्तरीय निर्णयअनुसार जाडो बिदाबाट मिलान हुनेगरी दुई दिन विद्यालयमा बिदा दिने निर्णय गरिएको छ ।” शुक्रबार भुवा पर्वको बिदा र शनिवार सार्वजनिक बिदा भएकाले नगरपालिकाले ६ र ७ गते बिदा दिने निर्णय गरेको छ ।

कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि मौसममा आएको परिवर्तनका कारण हुस्सु, कुहिरो र शीतलहर चल्न थालेको छ । घाम नलाग्ने र दिनभरि चिसो हावा चल्ने क्रम बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । विशेषगरी बिहानीको समयमा विद्यालय जाने साना बालबालिका चिसोका कारण बिरामी पर्न सक्ने जोखिम बढेको छ ।

स्थानीय तहहरूले चिसोबाट जोगिनका लागि सर्वसाधारणलाई सार्वजनिक सूचना जारी गर्दै सचेत पार्ने कार्य गरिरहेका छन् । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खान र आगो ताप्दा सावधानी अपनाउन र सचेत रहन स्थानीय तहहरूले आग्रह गरेका छन् ।