१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण

साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
अ अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको चैनपुर नगरपालिका–९ मा द्वन्द्वकालमा आगजनीबाट नष्ट भएका साढे ३०० हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण गरिएको छ ।

द्वन्द्वकालमा नापी, मालपोतसहितका सरकारी कार्यालय आगजनी हुँदा २३ वर्षदेखि जिल्लाका चार स्थानीय तहका सम्पूर्ण लालपूर्जा जलेर नष्ट भएका थिए । आगजनीबाट नष्ट भएका चैनपुर–९ को ३०० दशमलव ५२ हेक्टर जग्गाको कित्ताकाट सकिएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले जानकारी दिनुभयो । हालसम्म चैनपुरको वडा नं. ५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको छ ।

विसं २०५९ वैशाख १४ गते माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायतका महत्वपूर्ण कागजात नष्ट भएका थिए ।

कागजात नभएकै कारण स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए । विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनःस्थापनाका लागि चैनपुरमा विशेष नापी कार्यालय स्थापना गरिएको थियो ।

हाल विशेष नापी कार्यालयले सङ्खुवासभाका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नाप नक्सा तथा लालपूर्जा वितरण गरिरहेको छ ।

सीमित स्रोतधान र सीमित जनशक्तिका कारण चार स्थानीय तहको २४ हजार हेक्टर मध्ये हालसम्म सात हजार ५०० हेक्टरको नाप नक्सा गरेर जग्गा धनी दर्ता पूर्जा वितरण गरिसकेको विशेष नापी कार्यालयले जनाएको छ । रासस