१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई

एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
अ अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजनको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको छ । सचिवालयमा १९ पदाधिकारी र केन्द्रीय आयोगका अध्यक्ष रहनेछन् ।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको आजको बैठकले कार्यविभाजनका लागि सचिवालयलाई जिम्मेवारी दिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकले केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो, स्थायी कमिटी गठन, कार्ययोजनालगायत छलफल गर्न यही पुस २६ देखि २८ गतेसम्म केन्द्रीय कमिटीको दोस्रो बैठक तोकेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले पार्टीको गत भदौमा भएको दोस्रो विधान महाधिवेशनबाट पारित नीति र कार्यक्रमलाई कार्यान्वयन गर्दै टोलटोलसम्म पार्टी पुग्नुपर्नेमा जोड दिएको छ ।

उपमहासचिव भट्टले ११औँ महाधिवेशनबाट संशोधित विधानलाई आवश्यक सम्पादनसहित एक हप्ताभित्र प्रकाशन गर्ने, केन्द्रीय पदाधिकारीमा नरहेका र सदस्यमा पराजितलगायतलाई केन्द्रीय सल्लाहकार परिषद्मा समेट्ने निर्णय पनि भएको जानकारी दिनुभयो ।

बैठकले महाधिवेशन सम्पन्न गर्न योगदान गर्ने आयोजक समिति र सम्बन्धित सबैलाई आभार व्यक्त गरेको छभने केन्द्रीय नेतृत्वमा उम्मेदवारी नदिई बिदाइ भएकाहरूलाई उहाँहरूको योगदानको सम्मान गरेको छ ।

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्र नयाँ नेतृत्व निर्वाचित गर्दै पुस ३ गते औपचारिक समापन भएको थियो । यसैबीच, एमालेको केन्द्रीय अनुशासन आयोगको पहिले बैठक पनि आजै सम्पन्न भएको छ ।