५ पुष २०८२, शनिबार
,
Latest
नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदैछन्।

नख्खु कारागार प्रशासनले उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको छ। उनी जहाजमार्फत भैरहवा जाने तयारीमा छन्।

रिहाइ प्रक्रिया पूरा गर्न उनी जिल्ला अदालत रुपन्देही पुगेर छुटपुर्जी कागजात लिनुपर्नेछ। यसअघि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो।

बिहान ७ः५५ बजेका लागि तय गरिएको उडान भैरहवा क्षेत्रमा बाक्लो हुस्सु लागेका कारण ढिलाइ भएको बताइएको छ।

भैरहवा विमानस्थल पुगेपछि सिधै अदालत जाने तयारी छ।

यसैबीच, रास्वपाका कार्यकर्ताहरू भैरहवा विमानस्थल वरिपरि भेला भइसकेका छन्।