५ पुष २०८२, शनिबार
,
Latest
नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण



अ+ अ-

भोजपुर । जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् ।

किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको डढुवाको सङ्क्रमण पटकपटक औषधि प्रयोग गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । “विगतका वर्षहरूमा यस्तो प्रकारको रोग देखिएको थिएन”, उहाँले भन्नुभयो, “यो वर्ष एकपटक रोपिएको आलु पूर्ण रूपमा नष्ट भयो । पुनः रोपाइँ गरेका छौँ, तर त्यसमा पनि रोग देखिन थालेको छ ।”

अघिल्लो यामको असोज र कात्तिकमा लगाइएको आलु डढुवाका कारण पूर्ण रूपमा नष्ट भएपछि किसानहरू आर्थिक क्षतिमा परेका छन् । त्यसपछि पुनः विस्तार गरिएको आलुखेतीमा पनि सङ्क्रमण देखिन थालेपछि किसानमा थप चिन्ता थपिएको भोजपुर(५ का नवराज फुयाँलले बताउनुभयो । “रोग यसैगरी फैलिँदै जाने हो भने यस वर्ष आलु उत्पादन घट्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कूल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो । जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ ।

कृषि प्राविधिकले डढुवा सङ्क्रमण नियन्त्रणका लागि समयमा रोग पहिचान, उपयुक्त औषधि प्रयोग तथा मौसमअनुसार सावधानी अपनाउन किसानलाई सुझाव दिएका छन् । डढुवाको सङ्क्रमण बढ्दै जाँदा किसानहरूले तत्काल प्रभावकारी प्राविधिक सहयोग र अनुगमनको माग गरेका छन् ।