३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा

व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा
अ+ अ-

काठमाडौँ । एफवन सफ्टका निर्देशक सुवास शर्माले व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई सरकारले पूर्णरुपमा दिनुपर्ने बताउनुभएको छ ।

हरेक क्षेत्रमा स्मार्ट प्रविधिहरु भित्राउन निजी क्षेत्र सक्षम रहेको बताउँदै सरकारले संकुचनकारी नीति अवलम्वन गर्न नहुने बताउनु भयो । बिहीवार गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा शर्माले नयाँ नयाँ प्रविधि आउँदा सरकार नियमनको पाटोमा ढिला हुने गरेको बताउनु भयो । उहाँकाअनुसार सरकार नियमनमा ढिला हुँदा नयाँ नयाँ टेक्नोलिजि ल्याउने कम्पनीहरुलाई सेवा सञ्चालन गर्न अवरोध गर्न नहुने उहाँको भनाइ छ ।

एफवन सफ्टका निर्देशक शर्माले भन्नुभयो– ‘कुनैपनि क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरेर काम गर्न दिने हो भने आफूले गरेको कामलाई कसरी प्रभावकारी बनाउने र मैले खर्च घटाउने, नाफा कमाउने ? मैले कुन प्रविधि अप्नाउने भन्ने सोच्न सकिन्छ । माथिबाट निर्धारण गरेर यस्तो, उस्तो हुन्छ भन्दा पनि बेसिक फिलोसिपकमा हामी ओपन हुन जरुरी छ । सरकारले के चाहीँ गर्न खोजेको हो र हामी यसमा निजी क्षेत्रलाई स्वागत गर्छौं की गदैनौं त्यो कुरामा सरकार क्लियर हुनुपर्यो । कुनै क्षेत्रमा निजी क्षेत्रलाई स्वागत गर्ने हो भने निजी क्षेत्रलाई सरकारले यो काम अघि बढाउनुस् भन्नुप¥यो । त्यसपछि गर्ने काम निजी क्षेत्र आफैँले गर्नसक्छ । हरेक क्षेत्रमा ल्याउनुपर्ने स्मार्टनेस, प्रविधि, प्रभावकारीता त्यो सबै कुरा निजी क्षेत्रले ल्याउन सक्छ ।’

‘त्यसले सरकारको काम धेरै घट्छ । सरकार रेगुलेसनमा मात्रै सिमित हुन्छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्दै गर्दा हाम्रा पोलिसिहरु संकुचित छन् । नयाँ प्रविधि कसैले ल्यायो भने हामी पहिल्यै सशंकित हुन्छौं । इसेबाकै सुरुवाती दिनमा अप्ठ्यारो भयो । रेगुलेसन सन् २०१६ मा आयो । हामी सुरु भयो २००९ मा हो । यो अवधीमा जहिलेपनि लाइसेन्स लिनुपर्छ की पर्दैन, यसरी काम गर्नु लिंगल हो की होइन, यस्ता प्रश्नले हामीलाई पछ्याइरह्यो । हामीले सर्भिस सोचेरै ल्याएको कुरा थियो । रेगुलेसन धेरै ढिला आयो नि । निति नियम आउछ र बल्ल तिमिले विजनेस गर भनेर भनियो भने त हामी कहिल्यै पनि अघि बढ्न सक्दैनौं । त्यो भएर हामीले बुझ्नुपने प्रविधि जहिलेपनि अघि हुन्छ । प्रविधि आउने हो अनी रेगुलेसन गर्ने हो ।’

शर्माकाअनुसार अहिले राइड शेयरीङमा आइसकेको छ, सरकारी नियमन छैन । जसकारण समस्यामा कम्पनीहरु फसिरहेका छन् । नीतिगत अस्पष्टतालाई हटाउँदै जानुपर्ने उहाँको भनाइ रहेको छ ।