१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल

सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरु निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरु निर्वाचनमा होमिएको बताउनुभएको हो ।

राजनीतिक दलहरुले निर्वाचनको लागि उम्मेद्वार सिफारिस समेत गर्न थालिसकेको बताउनु भयो । उहाँले निर्वाचनको तयारी स्वरुप कतिपय राजनीतिक दलहरुले गाउँदेखि शहरसम्म अभियान चलाएको उल्लेख गर्नुभयो । निर्वाचन आयोगले पनि निर्वाचनको कामलाई द्रुत गतिमा अगाडी बढाएको उहाँले जानकारी दिनुभयो । फागुन २१ गते हुने निर्वाचनको लागि ८ लाख भन्दा बढी नयाँ मतदाताहरु थपिएकोले देशमा निर्वाचन महोत्सव बन्न लागेको दाबी पनि गर्नुभयो । निर्वाचनमा भोट हाल्न जनता पनि आतुर रहेको उहाँको भनाई छ । सरकारले सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर निर्वाचनलाई सफल बनाउने वातावरणमा लागेको पनि उहाँले जानकारी दिनुभयो । मुलुक निर्वाचनमा अगाडी बढिसकेको उहाँको दाबी छ । उहाँले वर्तमान सरकार जेन–जी आन्दोलनको म्याण्डेटअनुसार नै चलेको बताउनु भयो । निर्वाचनको तयारी तिब्र गतिमा बढेको उल्लेख गर्नुुहुँदै उहाँले सुशासनका कार्यहरु पनि सरकारले अगाडी बढाएको बताउनु भयो । वर्तमान सरकार गठन भएको तीन महिनामा ३० भन्दा बढी भ्रष्टाचारका मुद्दाहरु अदालत पुगेको उहाँको भनाई छ । सरकारले राज्यका निकायहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयोे, ‘यो सरकारले जेन–जी आन्दोलनपछि हामीले तीन वटा म्याण्डेट पाएका छौँ । भ्रष्टाचार नियन्त्रणका कामहरु अगाडी बढाउने, त्यसको लागी ऐतिहासिक रुपमा तीन महिनाको अवधीमा ३० वटा भन्दा बढी भ्रष्टाचारका मुद्दाहरु अहिले अदालत पुगेका छन् र कारबाही अगाडी बढेको छ । यसमा यो सरकारले बढाएको भन्न खोजेको होईन, विगतका दिनहरुमा जुन खालको प्रभाव र दबाबमा मुद्दाहरु अगाडी बढ्न नसक्ने अवस्था थियो, हामीले अहिले राज्यका निकायहरुलाई स्वतन्त्र रुपमा काम गर्नको लागी सरकारको तर्फबाट बनाउनुपर्ने वातावरण बनाएका छौँ । सरकार अन्र्तगनका निकायहरुलाई पनि हामीले त्यो स्वतन्त्रता दिएका छौँ र भ्रष्टाचार नियन्त्रणसम्बन्धि मुद्दाहरु अहिले मज्जाले अगाडी बढिरहेको छ । सुशासनका कामको सुरुवात हामीले गरेका छौँ । निर्वाचनको कुरा गर्दा फागुन २१ मा निर्वाचन हुँदैछ । निर्वाचन आयोग द्रुत गतिमा काम गरिरहेको छ । ८ लाख भन्दा बढी नयाँ मतदाताहरुले उत्साहपुर्वक रुपमा मतदाता नामावली दर्ता गरेका छन् । करिब करिब सवै राजनीतिक दलहरु चुनावमा होमिईसकेको देख्छौँ हामी । कतिपय राजनितिक दल महाधिवेशन गर्दै हुनुहुन्छ, गर्नेवाला हुुनुहुन्छ, गाउँदेखी शहरसम्म अभियान चलाउनुभएको छ । यहाँहरुलाई जानकारी गराउँ, उम्मेद्वारको नाम सिफारिस भइरहेको छ । समानुपातिकमा नाम सिफारिस भइरहेको छ । भनेपछि राजनितिक दलहरु चुनावमा होमिनु भइसकेको छ । सरकार सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर चुनावलाई सफल बनाउने वातावरणमा सरकारले त्यो काम गरिरहेको छ । जनता भोट हाल्न आतुर छन् । निर्वाचन अव उत्सव होइन, महोत्सव बन्दैछ । मुलुक निर्वाचनमा अगाडी बढिसक्यो ।’ 

उहाँले निर्वाचनको वातावरण बनाउन र मतदाता शिक्षा प्रदान गर्नको लागि सहयोग गर्न सञ्चारमाध्यामहरुलाई पनि आग्रह गर्नुभयो । वर्तमान सरकारले निर्वाचन र सुशासनको कामसँगै अगाडी बढाएको उहाँको दाबी छ ।–