३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले आजको पारदर्शीता, सुशासन, भ्रटाचारमुक्त समाज, सरल सार्वजनिक सेवा, देशभित्रै रोजगारीका अवसरको मागसहित उठेको जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिशा दिएको उल्लेख गर्नुभयो । उहाँले आधुनिक पूर्वाधारले मात्र राष्ट्रलाई प्रतिष्पर्धी बनाउने बताउनु भयो । पत्रकारिताले पूर्वाधार विकासमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न निगरानी भुमिका खेल्न सक्नुपर्ने बताउनु भयो । आजको समय डिजिटल युगको भएकाले समाचारको गति र पहुँच डिजिटल माध्यमले परिभाषित गर्ने अवस्था रहेको बताउनु भयो । गोरखापत्रले डिजिटल पत्रकारितामा अग्रसर भइ विश्वसनियता र तथ्यपरकता कायम राख्न सक्नुपर्ने बताउनु भयो । गोरखापत्र संस्थान पत्रकारिताको धरोहर मात्र होइन, नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्तबेज पनि भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको युग डिजिटल युग हो । समाचारको गति र पहुँच डिजिटल माध्यमले परिभाषित गर्ने अवस्था छ । गोरखापत्रले डिजिटल पत्रकारितामा अग्रसर भइ विश्वसनियता र तथ्यपरकता कायम राख्न सक्नुपर्छ । संस्थान अभिलेखकरणीय पत्रकारिता अर्थात तथ्य, इतिहास र प्रमाणलाई सुरक्षित राख्ने पत्रकारितामार्फत भविष्यका पुस्तालाई अमूल्य सम्पदाको रुपमा आफूलाई उभ्याउनु अर्को प्रशंसनीय कदम हो । पारदर्शीता, सुशासन, भ्रटाचारमुक्त समाज, सरल सार्वजनिक सेवा, देशभित्रै रोजगारीका अवसरको मागसहित उठेको जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको सन्दर्भमा गोरखापत्र संस्थानको नेतृत्वदायी पहल महत्वपूर्ण छ । गोरखापत्र संस्थान पत्रकारिताको धरोहर मात्र होइन, नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्तबेज पनि हो ।’

उपराष्ट्रपति यादवले पत्रकारिता नीति निर्माणमा जनताको आवाज पु¥याउने माध्यम बन्नसक्नुपर्ने बताउनु भयो ।–