१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले आजको पारदर्शीता, सुशासन, भ्रटाचारमुक्त समाज, सरल सार्वजनिक सेवा, देशभित्रै रोजगारीका अवसरको मागसहित उठेको जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिशा दिएको उल्लेख गर्नुभयो । उहाँले आधुनिक पूर्वाधारले मात्र राष्ट्रलाई प्रतिष्पर्धी बनाउने बताउनु भयो । पत्रकारिताले पूर्वाधार विकासमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न निगरानी भुमिका खेल्न सक्नुपर्ने बताउनु भयो । आजको समय डिजिटल युगको भएकाले समाचारको गति र पहुँच डिजिटल माध्यमले परिभाषित गर्ने अवस्था रहेको बताउनु भयो । गोरखापत्रले डिजिटल पत्रकारितामा अग्रसर भइ विश्वसनियता र तथ्यपरकता कायम राख्न सक्नुपर्ने बताउनु भयो । गोरखापत्र संस्थान पत्रकारिताको धरोहर मात्र होइन, नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्तबेज पनि भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको युग डिजिटल युग हो । समाचारको गति र पहुँच डिजिटल माध्यमले परिभाषित गर्ने अवस्था छ । गोरखापत्रले डिजिटल पत्रकारितामा अग्रसर भइ विश्वसनियता र तथ्यपरकता कायम राख्न सक्नुपर्छ । संस्थान अभिलेखकरणीय पत्रकारिता अर्थात तथ्य, इतिहास र प्रमाणलाई सुरक्षित राख्ने पत्रकारितामार्फत भविष्यका पुस्तालाई अमूल्य सम्पदाको रुपमा आफूलाई उभ्याउनु अर्को प्रशंसनीय कदम हो । पारदर्शीता, सुशासन, भ्रटाचारमुक्त समाज, सरल सार्वजनिक सेवा, देशभित्रै रोजगारीका अवसरको मागसहित उठेको जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको सन्दर्भमा गोरखापत्र संस्थानको नेतृत्वदायी पहल महत्वपूर्ण छ । गोरखापत्र संस्थान पत्रकारिताको धरोहर मात्र होइन, नेपाली समाज, संस्कृति, इतिहास र परिवर्तनको जीवन्त दस्तबेज पनि हो ।’

उपराष्ट्रपति यादवले पत्रकारिता नीति निर्माणमा जनताको आवाज पु¥याउने माध्यम बन्नसक्नुपर्ने बताउनु भयो ।–