१६ श्रावण २०८३, शनिबार
,
Latest
राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन नेतृत्वमा करुणा र सहानुभुति हुनुपर्छः सभापति थापा सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान



अ+ अ-

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान गरेको छ ।

हिजो मङ्गलबार र आज दुई दिन बसेको सो पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी निर्वाचनसम्म पार्टीलाई सशक्त बनाउन तथा अन्य विचार मिल्ने शक्तिहरूसँग एकताका लागि ‘निर्वाचन परिचालन तथा वार्ता संवाद समिति’ गठनलगायतका निर्णय गरेको अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवले जानकारी दिनुभयो ।

आगामी निर्वाचनसम्म पार्टीलाई सशक्त बनाउन तथा अन्य विचार मिल्ने शक्तिहरूसँग एकताका लागि ‘निर्वाचन परिचालन तथा वार्ता संवाद समिति’ गठन गरेको छ । समितिको संयोजकमा नेता जनार्दन शर्मा रहनुभएको छभने सदस्यहरूमा सन्तोष परियार, ओजस्वी भट्टराई, सत्यनारायण भगत, घनमानसिंह गुरुङ र लक्ष्मी गुरुङ छन् ।

पार्टीले ‘एक प्रदेश एक उत्पादन’ को नीति लिँदै उत्पादनसँग पार्टीलाई जोड्ने, नेपालीहरूलाई त्यहीँबाट मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, १८ वर्ष पुगेकालाई उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्ने र आगामी निर्वाचनमा ‘नो भोट’ (राइट टु रिजेक्ट) को व्यवस्था तत्काल लागू गर्ने निर्णय गरेको छ । रासस