१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
फाइल फोटो
अ अ+ अ-

म्याग्दी। नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई ज्ञापनपत्र बुझाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा गएको टोलीले पर्यटक तथा आरोहीको सहजताका लागि समुन्द्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा चौथो पुस्ताको इन्टरनेश सुविधासहितको मोबाइलको टावर स्थापनाको मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

सञ्चार सुविधाको अभावमा समस्यामा परेका पदयात्री र आरोहीको उद्दारमा समस्या भएको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।

हुमखोलासम्म मोबाइल फोन सेवा भए पनि आधार शिविर जाने आउने पदयात्री दुईदेखि तीन दिन पूर्ण रूपमा सञ्चार सम्पर्कबाट टाढा हुने गरेका छन् । टोलीसँग सञ्चारमन्त्री खरेलले अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि प्रक्रिया अघि बढाउनका लागि नेपाल टेलिकमका इञ्जिनियर जीवराज उपाध्यायलाई जिम्मेवारी दिएको बताउनुभयो ।

मन्त्री खरेलले म्याग्दीमा रहेका टेलिकमका सबै टावरको विवरण सङ्कलन गरी सेवा विस्तार र क्षमता वृद्धिका लागि टेलिकमको नेतृत्वलाई निर्देशन दिनुभयो । गाउँपालिका अध्यक्ष पुन, अभियन्ता गुरुङ, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवीन श्रेष्ठ, व्यवसायी किरण बानियाँ र नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको टोलीले मङ्गलबार काठमाडौँमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आज म्याग्दी फर्किएका छन् ।

सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालनमा रहेको छ । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए ।

उक्त आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ । विद्युत् र टेलिकमको सुविधासँगै गाउँपालिकाले पदमार्ग क्षेत्रमा आवश्यक थप संरचनाका लागि पहल गर्ने जनाएको छ ।

नारच्याङदेखि ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सञ्चारको सुविधा भए पनि हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीअन्तर्गत छोटेपा, हुमखोला, सन्धिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढुङ्गा र आधार शिविरमा सञ्चारविहीन हँुदा त्यस क्षेत्रको प्रचारप्रसारमा असर गरेको छ ।

असोज, कात्तिक, फागुनदेखि जेठसम्म अन्नपूर्ण बेसक्याम्पमा पर्यटकको घुइचो लाग्छ । रासस
—