१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
अ अ+ अ-

सिरहा। यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाको परिसरभित्र नवनिर्मित दुई तले ब्यारेक भवनको उद्घाटन गरिएको छ ।

सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले आज एक समारोहबीच उक्त भवनको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा सशस्त्र प्रहरी ढकालले शान्ति र सुरक्षाप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै राज्यको निर्देशन अक्षरशः पालन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि कडाइका साथ निगरानी बढाउन तथा नागरिकको जिउधनको रक्षा गर्न दिनरात क्रियाशील रहनुपर्ने उहाँको भनाइ थियो ।

वर्तमान सुरक्षा अवस्था संवेदनशील रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले जेनजी आन्दोलनपछिको अवस्थामा सुरक्षाकर्मीको जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले शान्ति सुरक्षा कायम राख्दै आगामी निर्वाचनका लागि तयारीमा जुट्न पनि निर्देशन दिनुभयो ।

सीमा सुरक्षा मुख्य प्राथमिकता भएको भन्दै उहाँले अवैध आवतजावत, लागुऔषध, मानव तस्करी तथा चोरी तस्करी नियन्त्रणमा थप सक्रियता देखाउन आग्रह गर्नुभयो । “राज्यका सबै सुरक्षा निकायले हातेमालो गरेर अघि बढ्नुपर्छ, जनताले तिरेको करबाट बनेको भवनको सदुपयोग गर्दै अझ जिम्मेवार भएर शान्ति सुरक्षा कायम राख्नुपर्छ,” सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले भन्नुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार ब्यारेक भवन दुई चरणमा निर्माण गरिएको हो । पहिलो चरणमा रु ६१ लाख ७७ हजार र दोस्रो चरणमा रु ५४ लाख ६ हजार लागतमा भवन निर्माण भएको हो । नवनिर्मित भवन आवासीय प्रयोजनका लागि प्रयोग गरिनेछ ।

यसैगरी, आजै नवराजपुर गाउँपालिका–४ नवराजपुरमा सशस्त्र प्रहरी बलको बिओपी कार्यालयको पनि उद्घाटन गरिएको छ । उक्त बिओपी कार्यालय रु ३९ लाख ७० हजार लागतमा निर्माण गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोले नवनिर्मित संरचनाले सञ्चालनमा आएपछि सीमामा हुने सुरक्षात्मक गतिविधि अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सिरहाको भारतसँग जोडिएको ४६ किलोमिटर सिमानामा सशस्त्र प्रहरी बल नेपाल नं ७ गण अन्तर्गत दुई सीमा सुरक्षा गुल्म र पाँच बिओपी गरी सातवटा युनिट सिमानामा रहेका छन् भने पाँच सुरक्षा वेश र जिल्ला सदरमुकाम सुरक्षा वेश एउटा गरी जम्मा १३ वटा कार्यालय रहेका छन् । रासस