१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण
अ अ+ अ-

पाँचथर। फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेको छ ।

किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति र वनस्पतिहरु, सुप्तुलुङ (चुला)लगायत संरचना भएको लालीखर्कमा निर्माण गरिएको पार्क पछिल्ला दिनमा आन्तरिक पर्यटकीय स्थलका रुपमा विकसित भएको छ ।

नेपाल एकीकरणअघि माझ किराँतमा बसोबास गर्ने किराँत राई समुदायले पूर्वतर्फ सर्नेक्रममा मानिआएको धर्म, संस्कृति, रीतिरिवाज, परम्परा, भाषा संस्कृति भुल्दै गएको भन्ने सन्दर्भमा सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरको लालीखर्कमा उक्त संरचना निर्माण गरिएको हो ।

ताया रुङरि खिमका अध्यक्ष भक्तबहादुर राईका अनुसार राई वान्तवा भाषाका ‘ताया’ को अर्थ ज्ञान वा वुद्धि, ‘रुङरि’को अर्थ शक्ति र ‘खिम’को अर्थ घर भन्ने हुन्छ । यसप्रकार ज्ञान वा वुद्धि र शक्ति प्रदान गर्ने घरका रुपमा यो उद्यान निर्माण गरिएको हो ।

“माझ किराँतस्थित भोजपुर, खोटाङलगायत जिल्लाबाट बसाइँ सरी राईहरु पाँचथर आइपुगेको इतिहास छ । माझ किराँतबाट जति पूर्व लाग्यो, भाषा, संस्कार, संस्कृति उति नै बिर्सिदै जाने गरेको पाएपछि यो उद्यानमार्फत पहिचान झल्काउने र नयाँ पुस्तालाई जानकारी दिने प्रयास गरेका हौँ”, अध्यक्ष राईले भन्नुभयो, “हाम्रो पुस्तासम्म आउँदा भाषा, संस्कार र संस्कृतिका धेरै कुराहरु लोप हुँदै गए । हामीभन्दा पछिको पुस्ताले आफ्नो पहिचान बताउन नसक्ने अवस्था आएपछि यो पार्क बनाएका हौँ ।”

मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ लालीखर्कको सुम्नीमा चोकभन्दा केहीमाथि करिब १० रोपनी जग्ग्गामा यो उद्यान निर्माण गरिएको छ ।

फिदिम नगरपालिका–३ लालीखर्कमा राई समुदायको बाक्लो बस्ती रहेको छ । यसको आसपास फिदिम नगरपालिकाको वडा नं ७ असिने, वडा नं १ नाम्दू ढोडेनी, वडा नं २ रमिते ठाडे, वडा नं ५ चोकमागू, वडा नं ६ सिवामा राई समुदायको बसोबास रहेको र लालीखर्क यी सबै स्थानको केन्द्रमा रहेका कारण सबैको पायक पर्ने स्थानमा उद्यान निर्माण गरिएको अध्यक्ष राईले स्पष्ट गर्नुभयो ।

यस उद्यानमा प्रकृति र संस्कृति झल्काउने, परम्परागत खेलकुदसँग सम्बन्धित सामग्री र बाल उद्यान गरी चार प्रकारका सामग्रीहरु राखिएका छन् । प्राकृतिक पार्क ९खामलिखाला खिम०मा राईको जन्मदेखि मृत्युसम्मका संस्कारमा आवश्यक पर्ने बनस्पतिहरु रोपिएका छन । जसको नाम र यसको प्रयोगको जानकारीसमेत स्पष्ट बुझिने गरी राखिएको छ । रासस