१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा

जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा
अ अ+ अ-

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन्जी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिमा आएको बताएका छन्।

अहिलेको अवस्थामा कांग्रेस कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा र घृणा रहेको भन्दै जनताले विकल्प खोजिरहेको र विकल्प हुन सक्ने क्षमता राष्ट्रवादी शक्तिहरूमा मात्र रहेको थापाले जिकिर गरेका छन।

राप्रपा नेपाल आबद्ध पुर्ब प्रहरी परिषद्को भेलालाई सम्बोधन गर्दै थापाले भने “राष्ट्रवादी शक्तिहरूको एकता अहिलेको आवश्यकता हो”।त्यस्तो एकता कायम गर्न अब कति पनि ढिलो गर्नु नहुने भन्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल बीचको एकता सकारात्मक रुपमा अघि बढिरहेको पनि स्पष्ट पारे ।

उनले थपे :- हामीहरुका बीचमा कुनै विवाद बाँकी छैन । एकता हुन ढिलो भइरहेकोमा पार्टीका कार्यकर्ता सहयोगी र शुभचिन्तकहरुमा चिन्ता देखिन्छ। ढिलो भएको छ।तर, म आशावादी छु, यो प्रकृया चाढै टुङ्गिन्छ” । उनले राष्ट्रवादी शक्तिहरू एक भएको अवस्थामा सबै भन्दा ठूलो शक्ति हामी नै हुने समेत दाबी गरे ।

पछिल्लो घटनाक्रमबाट राजसंस्था र हिन्दू राष्ट्र स्थापना हुने सम्भावना बलियो भएको समेत उनको धारणा थियो । पुर्ब प्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दर्जनौ पुर्ब प्रहरिहरु राप्रपा नेपालमा आबद्ध भएका थिए ।