२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास



अ+ अ-

बर्दिया। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गर्नुभएको छ ।

बर्दियाका राजापुर नगरपालिका—१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका—५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको बुधबार शिलान्यास गर्नुभएको हो ।

शहरी विकास मन्त्रालय मातहत रहेको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सस्पेन्स बृज डिभिजनमार्फत निर्माण हुने पुलको लम्बाइ ४८२.२० र चौडाइ १.६० मिटर रहेको छ । पुल निर्माणबाट दौलतपुर र टीकापुर क्षेत्र दुवैतर्फका करिब २ हजार घरधुरी लाभान्वित हुनेछन् ।

पुलको मध्य भागमा फोटो खिच्न मिल्ने गरी आवश्यक संरचना पनि बनाइनेछ । दौलतपुरघाटमा पुल नहुँदा डुंगाको प्रयोग गरी कर्णाली नदीमा जोखिमपूर्ण यात्रा हुँदै आएको छ ।

वर्षायामका डुंगाको प्रयोग गर्न नसकिने हुँदा आतजावत नै बन्द हुने अवस्था रहेको छ । झोलुङ्गे पुलको निर्माण पश्चात स्थानीय बासिन्दालाई बाहैं महिना सहज रुपमा नदी वारपार गर्ने सुविधा उपलब्ध हुनेछ ।

शिलान्यास समारोहमा मन्त्री घिसिङले पुल निर्माणपछि टापुको रुपमा रहेका राजापुर र टीकापुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न योगदान पुग्ने बताउनुभयो ।

दौलतपुरतर्फका स्थानीयलाई टीकापुर बजार क्षेत्रमा क्याम्पस, अस्पताललगायतका पहुँचपमा सहज हुने एवम् कृषि उत्पादन टीकापुर क्षेत्रसम्म ढुवानी गर्र्ने वातावरण बन्ने उल्लेख गर्दै मन्त्री घिसिले त्यस क्षेत्रमा रहेको नदी कटानलाई नियन्त्रण गरी सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले तोकिएकै समयमा पुलको निर्माण सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो । ठेक्का सम्झौता बमोजिम पुल ११ असार २०८४ भित्र सम्पन्न हुनेछ ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले झोलुङ्गे पुल निर्माणले दौलतपुर क्षेत्रको आर्थिक, सामाजिक र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने आधार तय गर्ने उल्लेख गर्नुभयो ।

राजापुर नगरपालिका प्रमुख दिपेश थारु र टीकापुर नगरपालिका प्रमुख रामलाल दगौरा थारुले पुलले सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश तथा दुई जिल्ला जोड्ने हुँदा आवतजावत सहज हुनुकासाथै पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पुल निर्माणका लागि १५ करोड ७४ लाख रुपैयाँ (भ्याटसहित)मा ठेक्का सम्झौता भएको छ ।