• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

सबै निर्वाचनहरु समयमै सम्पन्न हुनेछ : बालकृष्ण खाँण



पोखरा । गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचनहरु समयमै सम्पन्न हुने बताउनु भएको छ । गृहमन्त्री खाँणले तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरुको छनौंट हुने गरी सबै तहको निर्वाचन हुने बताउनु भयो । गृहमन्त्री खाँणले भन्नुभयो, ‘सबै निर्वाचनहरु निर्वाचनको समयमै सम्पन्न हुनेछन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ । निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरुको छनौट हुने खालको निर्वाचन समयमै सम्पन्न गरिनेछ ।’

गृहमन्त्री खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले एमसीसी देश र जनताकै लागि भएको तर्क गर्दै त्यसमा असहमत हुने दलहरुलाई पनि सहमतिमा ल्याएर अघि बढाउने बताउनु भयो । उहाँले एमसीसी कुनै सैन्य गठबन्धनका लागि नभएको र अनुदानको रुपमा आएको सो रकमलाई सदुपयोग गरेर अघि बढाउनुपर्ने मान्यतामा सरकार दृढ रहेको दोहोर्‍याउनु भयो । गृहमन्त्री खाँणले भन्नु भयो, ‘नेपाल सरकारले नै प्रस्तावित गरेको, त्यो प्रयोजन कुनै सैन्य गठबन्धन हुँदै होइन । र यो नेपालको भौतिक विकासको लागि नै हो । जलस्रोतको धनी मुलुक नेपालमा अहिले अहिले प्रस्तावित भएका, निर्माणाधिन रहेका जलविद्युत आयोजनाहरुबाट विद्युत उत्पादन भईसकेपछि त्यो खपत गर्न यसलाई निर्यात गर्नका निम्ति पनि ट्रान्समिटर टावर चाहिन्छ नै । र अघि भनेजस्तै त्यसको व्यवस्थापन गर्नका लागि पनि थुप्रै स्रोत साधन चाहिन्छ । र त्यो विद्युतको ट्रान्समिटर व्यवस्थापन गर्दाखेरी सडक विस्तारका लागि नै यो परियोजना ल्याइएको हो । यो फेरी हामीले तिर्नुपर्ने रकम होईन । यो त अनुदान हो । अनुदानको रुपमा आउने यो रकमलाई नेपालीहरुले सदुपयोग गर्नु पर्छ । र यसलाई सदुपयोग गर्न सक्छौं भन्ने हाम्रो विश्वास हो । त्यसकारणले यो अगाडि बढछ । यसमा सहमत नहुने साथीहरुलाई पनि हामीले विस्तारै सहमत  बनाउन सक्नुपर्छ भन्ने नै हाम्रो धारणा छ । मिलेर अघि बढाउने । यो देशकै लागि हो । सबै जनताकै लागि हो । त्यसैले सबै पार्टीहरुको सामूहिक प्रतिवद्धताबाट यो अघि बढाउने हो ।’

गृहमन्त्री खाँणले एमसीसी सरकारले नै प्रस्तावित गरेको परियोजना भएको भन्दै यसलाई सबै दलहरुको सामूहिक प्रतिवद्धताबाटै अघि बढाउनुपर्ने बताउनु भयो ।