३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु

कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु
अ+ अ-

काठमाडौँ । कार्बन व्यापारलाई मुख्य आम्दानीको स्रोत नभई दीर्घकालिन सहायक आम्दानीको स्रोतको रुपमा लिनुपर्ने विज्ञहरुले बताएका छन् ।

प्राक्टिकल एक्शन र एसपिआई नेपालद्वारा आयोजित कार्बन व्यापार नियमन, २०८२ सम्बन्धी कार्यक्रममा सहभागी विज्ञहरुले कार्बन व्यापारलाई मुख्य आन्दानीको स्रोतको रुपमा लिए सफल हुन नसकिने बताउनुभएको हो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) का कार्यकारी निर्देशक नवराज ढकालले कार्बन व्यापारलाई दीर्घकालिन सहायक आम्दानीको स्रोतमा लिनुपर्ने बताउनु भयो । उहाँले कार्बन व्यापारलाई मुख्य आम्दानीको स्रोत मान्न नहुने बताउनु भयो । चाँडो पैसा कमाउने माध्यमका रूपमा नभई दीर्घकालीन लो–कार्बन आर्थिक विकास रणनीतिसँग जोडेर यसलाई अघि बढाउनुपर्ने उहाँको भनाई छ । उहाँकाअनुसार कार्बन व्यापारबाट प्राप्त हुने लाभ को–बेनिफिट मात्र हो ।

उत्सर्जन न्युनिकरणलाई वैज्ञानिक रूपमा मापन गरी परियोजना विकासमार्फत कार्बन लाभ लिन सकिने उहाँले बताउनु भयो । कार्बन व्यापारबाट थोरै भएपनि राजश्व सिर्जना गरी थप हरित गतिविधि विस्तार, रोजगारी सिर्जना र बहुआयामिक योगदान गर्नेगरी लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँकाअनुसार नेपालले सन् २०४५ मा शुन्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ । त्यसअनुसारका नीतिगत तथा कार्यक्रम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ढकालले नेपालले तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी–३) लाई उत्सर्जन न्युनिकरणको मुख्य उपकरणका रूपमा अघि बढाइरहेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी कार्बनबाट पैसा ल्याएर सबै कुरा कायापलट गर्ने भन्ने सोचबाट हामी काम गर्ने होईन । राज्यले लिएको जुन लो कार्वन ईकोनिमिक डेभलपमेण्टको प्रायोरिटी छ, त्यो भनेको लङटर्म ईकोनोमी डेभलपमेण्ट स्ट्याटिजीकै कुरा होला । २०४५ नजिक शुन्य हुने भनेका छौँ । त्यस अन्तर्गत रहेर जुन हाम्रो मिटिगेसनको मेन ईन्सुमेन्ट बनेको छ, एनडिसी ३ । एनडिसी ३ ले आईडेन्टीफाई गरेको एरियामा विभिन्न मिटिगेसनको प्रोग्रामहरु गर्ने, त्यसले हाम्रो लो कार्बन ईकोनोमी डेभलपमेण्ट नै कन्ट्रिव्युट गर्छ । हामी क्लाईमेट रिजिलेन्ट बन्दै जाने हो । त्यसरी गरिरहँदा खेरी यो एउटा चाहीँ को–बेनिफिट मात्रै हो । कार्बन बेनिफिट भनेको को–बेनिफिट हो । हामी सबैले त्यसरी बुझेर यसलाई अगाडी भने गर्न सकिन्छ । कार्वनबाट सबै गर्छौं भन्दा पनि हामी लो कार्बन विकासमा गईरहँदाखेरी अवथा क्लिन डेभलपमेन्टमा गईरहँदाखेरी हामीले अब अपनाउने आधुनिक प्रविधिहरु स्वच्छ खालको भइरहँदा एलओजी ट्रान्जिसनदेखि हरेक क्षेत्रमा हामी जाँदा त्यसबाट हामीले जुन ईमिसन रिडक्सन अचिव गरेका छौँ, त्यसलाई क्वान्टीफाई गरेर एउटा सिष्टोमेटिक हिसावले अगाडी बढाएर प्राजेक्ट विकास गरेर अनि त्यसबाट हामीले कार्बन वेनिफिट चाहीँ लिने । अलिकति भएपनि रेभिन्यु जेनेरेट गर्ने जसले त्यस्तै खालको थप क्रियाकलाप गर्न सकियोस् । त्यसले रोजगारी सिर्जना गरोस्, अरु विभिन्न हिसावले योगदान गर्न सकोस्, त्यो अवधारणाले हामी अगाडी बढेमा कोही पनि मिस गाईडेड हुनुपर्दैन ।’ 

कार्यकारी निर्देशक ढकालले कार्बन व्यापार नियमावली, २०८२ का नियमावलीलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । एसपिआई नेपालका अध्यक्ष मोहनदास मानन्धरले कार्बन व्यापार नियमावलीमा धेरै संशोधन गर्नुपर्ने विषयहरु रहेको बताउनु भयो । तरपनि यसलाई कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नियमावली कार्यन्वयन गर्नको लागि आवश्यक सहयोग गर्ने बताउनु भयो ।

प्राक्टिकल एक्शनका कन्ट्रि डाइरेक्टर पूजा शर्माले कार्बन व्यापार नियमन, २०८२ नियमावली कार्यान्वयनले कार्बन उत्सर्जन कटौती गर्न सहयोग गर्ने बताउनु भयो । उहाँले कार्बनसम्बन्धी नीतिनियम बनाएर कार्यन्वयन गर्न नसकेमा अन्तर्राष्ट्रिय कार्बन खरिदकर्ताहरुसँग संयोजन गर्न चुक्नुपर्ने अवस्था आउने बताउनु भयो । नेपालले कार्बन उत्सर्जन कटौती गर्नसक्ने र कार्बन कटौती गरेबापत धनी मुलुकहरुले प्रोत्साहन स्वरुप नेपालको कार्बन खरिद गर्दा नेपाललाई आर्थिक लाभ हुने उहाँको भनाई छ । कार्यक्रममा सहभागी विज्ञहरूले कार्बन व्यापार नियमन, २०८२ कार्यान्वयनले निजी क्षेत्र, स्थानीय तह र समुदायस्तरका हरित परियोजनालाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

निजी क्षेत्रले गरेको कार्बन उत्सर्जन न्युनिकरणलाई कार्बन व्यापारमा समेट्ने गरी सरकारले हालै कार्बन व्यापार नियमावली, २०८२ नेपाल राजपत्रमा प्रकाशित गरि नियमावली कार्यान्वयनमा ल्याएको छ । गत मङ्सिर १५ गतेको मन्त्रिपरिषद्को बैठकले कार्बन व्यापारसम्बन्धी नियमावली अनुमोदन गरेको थियो । नियमावलीले विगतमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका परियोजना मात्र कार्बन व्यापारका लागि सूचिकृत हुने गरेकामा अब सबै क्षेत्रलाई कार्बन व्यापारमा सूसचकृत गर्नसक्ने व्यवस्था गरेको छ ।