१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपालीको हिम्मत र साहस विश्वमै अनुपम छः सञ्चारमन्त्री खरेल

नेपालीको हिम्मत र साहस विश्वमै अनुपम छः सञ्चारमन्त्री खरेल
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विभिन्न क्षेत्रमा नेपालीले विश्व कीर्तिमान कायम गर्ने हिम्मत र साहस विश्वकै अनुपम रहेको बताउनुभएको छ ।

आजदेखि सुरु भएको ‘१०० घण्टा निरन्तर टेलिभिजन संवाद’ (नन–स्टप म्याराथन टिभी टक शो) को उद्घाटन गर्दै उहाँले नेपालीले विभिन्न क्षेत्रमा कायम गरेको विश्व कीर्तिमानले नेपालको पहिचान र स्वाभिमान विश्वभर छाएको बताउनुभयो ।

युवा पत्रकार गौरव पौडेलले गिनिज बुकमा नाम दर्ज गर्ने उद्देश्यले पहिलो पटक कमलादीस्थित ‘स्काइवाक टावर’ बाट १०० घण्टा लामो संवाद सञ्चालन गर्नुभएको हो । प्राइम टेलिभिजनमार्फत प्रसारण हुने संवाद कार्यक्रमको उद्घाटनसँगै सञ्चारमन्त्री खरेलले पहिलो वक्ताको रूपमा अन्तर्वार्ता दिनुभएको छ । त्यस क्रममा उहाँले पौडेललाई सफलताका लागि शुभकामना दिनुभयो ।

मन्त्री खरेलले भन्नुभयो, “नेपालीसँग जन्मजातै क्षमता छ, हामी असाध्यै सहनशील छौँ, सहनसक्ने क्षमता पनि छ । नेपालीले कतिपय विश्वविख्यात काम गर्ने हिम्मत र साहस गर्न सक्छन्, त्यसैले त तेञ्जिङ नोर्गे शेर्पा र पासाङल्हामु शेर्पाले सगरमाथा चढेको रेकर्ड छ ।”

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सञ्चारकर्ममा रहँदा ६२ घण्टा निरन्तर अन्तर्वार्ता लिएर गिनिजबुक अफ वल्र्ड रेकर्ड बनाउनुभएको थियो ।

पत्रकार ऋषि धमला र अभियान्ता दुर्गा प्रसाईँले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । निरन्तर टेलिभिजन संवाद कार्यक्रमका सञ्चालक गौरव पौडेलले युवाहरूको सोच, क्षमता र सिर्जनशीलतालाई अन्तरराष्ट्रिय मञ्चमा उजागर गर्दै नेपाललाई विश्वसामु चिनाउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।रासस