१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव
अ अ+ अ-

काठमाडौँ। चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ ।

क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजना र रत्ननगर नगरपालिकाको संरक्षकत्वमा महोत्सव हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विश्व सम्पदामा सूचीकृत निकुञ्ज तथा सौराहा क्षेत्रको पर्यटन प्रवर्द्धन, मानव र वन्यजन्तुबीचको सहअस्तित्व, संरक्षण चेतना र दिगो पर्यटन विकास महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।

सन् १९९७ देखि निरन्तर आयोजना गरिँदै आएको महोत्सवले चितवनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताइएको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बोर्डले चितवनको पर्यटन प्रवर्द्धनका लागि महोत्सवमा निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “चितवनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन र वर्तमान सन्दर्भमा आन्तरिक पर्यटन प्रवर्द्धन र गन्तव्य ब्रान्डिङका लागि हात्ती महोत्वसव प्रभावकारी भइरहेको छ । यस महोत्सवले नेपालको पर्यटन उद्योगलाई उचाइमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।”

महोत्सवमा हात्तीको पूर्ण सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तरराष्ट्रिय मापदण्डअनुसार कार्यक्रम सञ्चालन गरिने आयोजकको भनाइ छ । हात्तीमाथि कुनै पनि किसिमको व्यवहार निषेध गरिएको छ भने पशु चिकित्सकको नियमित निगरानी, तालिमप्राप्त माहुतेको मात्र सहभागिता र स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । सबै गतिविधि प्रतिस्पर्धाभन्दा पनि मानव–हात्तीबीचको सौहार्दता, संस्कृति र परम्पराको प्रवर्द्धनमा केन्द्रित रहने बताइएको छ ।

महोत्सव अवधिभर करिब ८० वटा हात्तीको सहभागिता रहनेछ । हात्ती शोभायात्रा, सांस्कृतिक झाँकी, हात्ती सजावट प्रदर्शन, हात्ती भोजन कार्यक्रम, हात्ती स्वास्थ्य शिविर, हात्तीमैत्री खेल, स्थानीयस्तरका खेलकुद प्रतियोगिता, सफारी पर्यटन प्रवर्द्धन कार्यक्रम तथा मानव–वन्यजन्तु सहअस्तित्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहनेछन् ।

यसका साथै स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन, महिला उद्यमी र स्थानीय कृषि उत्पादनको बजारीकरणमा पनि महोत्सवले भूमिका खेल्ने विश्वास गरिएको छ ।

महोत्सवको अवसरमा पुस ११ देखि १३ गतेसम्म सौराहाका होटल तथा रेस्टुराँहरूमा खाना र आवासमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सवका कारण प्रत्येक वर्ष २५ देखि ३० प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुँदै आएको आयोजकले जनाएको छ । रासस