३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने

वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने
अ+ अ-

एजेन्सी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।

मन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले पुस ८ गतेदेखि ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । सबै श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित निर्णय गर्न सहयोग गर्नको लागि अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर यो प्रणाली शुरु गर्न लागिएको उहाँले बताउनुभयो । उहाँका अनुसार देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको हो ।

यी सबै स्थानबाट कार्यलय समयमा सेवा लिन सकिने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार सेल स्थापना गर्नुका मुख्य तीन वटा उद्देश्य छन् । श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार मानेर निर्णय गर्न सकून्, डिजिटल माध्यमबाट फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगिन सकुन् र वैदेशिक रोजगारमा पूर्ण सुरक्षितता सुनिश्चित होस् भन्ने उदेश्य रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार पछिल्लो समय टिकटक, फेसबुकका रिल लगायत सामाजिक सञ्जालमार्फत ‘यति पैसा कमाइन्छ’, ‘फलानो देश सजिलै पठाइदिन्छौँ’ जस्ता भ्रमपूर्ण प्रचार बढेको छ । त्यसबाट श्रमिकलाई जोगाउन यो सेल प्रभावकारी हुने उहाँको विश्वास छ । ‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले १० वटा प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्नेछन् । यसमा कुन देशमा रोजगारीको माग छ वा छैन, आधिकारिक म्यानपावर कम्पनी कुन हुन्, कामका लागि आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगाना लगायतका विषय समावेश छन् ।

उहाँले भन्नुभयो, ‘सबै श्रमिकको ठगी र सुरक्षाको व्यवस्थापन गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले पुस ८ गतेदेखी लागू हुनेगरी हेल्प टु हेल्प १० सेल हामी स्थापना गर्न गईरहेका छौँ । त्यो हेल्प टु हेल्प १० सेल भनेको के रहेछ भने ७५३ पालिकामा हाम्रो रोजगार सुचना केन्द्रहरु छ, सात वटै प्रदेशमा श्रम कार्यलयहरु छ, वैदेशिक रोजगार विभाग पनि छ र खास गरेर समाधान कल सेन्टर छ । त्यो हेल्प टु हेल्प १० सेल सेन्टर भनेको हामीले तीन वटा उद्देश्य राखेर शुरु गरिरहेका छौँ । एउटा, राज्यको सुचनालाई आधिकारिक मानोस्, राज्यकै सुचनालाई प्रमुख मानेर केही निर्णय गर्ने । दोस्रो, अहिले विभिन्न खालको ट्रयापहरु छ, जस्तो अब डिजिटल ट्रयाप, टिकटक, फेसबुक रिलमा यति लाख ल्याउनुस्, यो देशमा पटाईदिन्छौ भन्ने रिल हेरिराख्नु भएको छ, त्यो वाट जोगिनको लागी । अर्को चाहीँ यो विभिन्न खालको फ्रड फ्रि ट्रयापबाट बच्नको लागी र वैदेशिक रोजगारका कुराहरुमा फुल कम्प्लाईन्स हुनको लागि र जहिले पनि वैदेशिक रोजगारमा जाने हो भने सहि निर्णय गरेर मात्रै प्रवेश गरौँ ।

अर्को ईगभर्नेन्सको कुराहरु जुन श्रम मन्त्रालय, नेपालका जतिपनि सरकारका निकायहरु छ, सवैको अग्र स्थानमा छ, डिजिटल गभर्नेन्सको माध्यममा । त्यहीपनि मान्छेहरुले १० प्रतिशत पनि सेवा लिनुहुन्न । ९० प्रतिशत मान्छेहरु ईनप्रसन जानुहुन्छ । १० वटा प्रश्नको जवाफ दिनेगरि हामीले ८ गतेदेखि लागू हुनेगरी हेल्प टु हेल्प १० सेल सेन्टर स्थापना गर्न गईरहेका छौँ । मन्त्रालयले त्यसको व्यवस्थापन गर्छ । त्यो १० वटा प्रश्नमा वैदेशिक रोजगारमा जानेहरुले कुन देशमा जाने हो, त्यो देशमा डिमान्ड छ कि छैन ? कुनकुन म्यानपावरहरु त्यसको आधिकारिक निकाय हो ? काम गर्नको जानको लागि योग्यता के के हो, उमेर कति हो, तालिम कस्तो हो, हेल्थ कस्तो हो ? भन्ने जानकारी लिन सकिन्छ । यो निःशुल्क हो कि सशुल्क हो, कति पैसा लाग्छ ? भुक्तानी कसरी गर्ने हो ? भुक्तानी कसलाई गर्ने हो ? यसको सुरक्षित प्रक्रिया के हो ? त्यो निकायको आधिकारिक व्यक्ति को हो, त्यसको सम्पर्क ठेगाना कहाँ कहाँ हो ? भन्ने प्रश्न सोध्न सकिने हेल्प टु अस हेल्प टु सिद्धान्तमा आधारित हेल्प टु हेल्प १० सेल भनेर १० वटा प्रश्नको जवाफ दिनेगरी सेन्टर स्थापना गरिरहेका छौँ ।’

मन्त्रालयले हरेक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय रूपमा मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि साप्ताहव्यापी रुपमा मनाउन लागेको सचिव पुस्करले जानकारी दिनुभयो । पुस १ देखि ७ गतेसम्म नेपालमा ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भन्ने नाराका साथ २५ औ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन लागिएको हो ।